• Home
  • जिवनशैली
  • युवा उम्मेदवार पटेलले तिब्र पारे घरदैलो अभियान, मतदाताले गरे भव्य स्वागत
Image

युवा उम्मेदवार पटेलले तिब्र पारे घरदैलो अभियान, मतदाताले गरे भव्य स्वागत


पर्सा २० कात्तिक / आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा सदस्य पदका लागि पर्सा निर्वाचन क्षेत्र न.। १ को (क)बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका युवा नेता सुधिर पटेलले आफ्नो क्षेत्रमा दिनप्रतिदिन घरदैलो अभियान तिब्र रुपले अगाडी बढाएका छन । तिब्र पारिएको घरदैला अभियानमा मतदाताहरुले स्वतन्त्र उम्मेदवार सुधिर पटेललाई भव्य स्वागत गर्नुको साथै घरदैलो अभियानमा खुलेरै साथ र सहयोग गर्न थालेका हुन ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट उम्मेदवारी दिनु भएका स्वतन्त्र उम्मेदवार सुधिर पटेल, आफ्नो क्षेत्रमा लोकप्रिय हुदै गएका छन । स्वतन्त्र युवा उम्मेदवार पटेलले शनिवार घरदैलो कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २० मा पुग्दा स्थानीयहरुले भव्य रुपले स्वागत गर्नुको साथै यसपालि पटेललाई निर्वाचित गराउने प्रतिबद्धता जनाएका हुन । जनताको सुख, दुखको साथी युवा उम्मेदवार पटेल रहेका कारण यसपालि मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा पटेललाई नै निर्वाचित गराउने स्थानीयहरुले प्रतिवद्धता जनाएका हुन ।
घरदैलो कार्यक्रममा रहेका स्वतन्त्र युवा उम्मेदवार पटेलले आफ्नो उम्मेदवारी जनताको लागि भएको प्रतिकृया दिएका छन । जनताको करबाट आफ्नो पेट पाल्न पल्केका नेताहरुको भ्रष्टाचार बिरुद्ध आफ्नो उम्मेदवारी रहेको स्वतन्त्र युवा उम्मेदवार पटेलले बताउनु भयो । उहाले दिनप्रति दिन बढ्दै गएको भ्रष्टाचारका कारण आम नेपाली नागरिकलाई सास्ती खेप्नु परेको र सोही अनुरुप आफ्नो उम्मेदवारी जनताको लागि दिइएको बताए ।
चुनावका बेला विभिन्न लोभलाग्दा नाराहरु लिएर मतदाता अगाडी आउने विभिन्न जनप्रतिनीधिहरु चुनाव सके लगत्तै सबथोक विर्सने परम्परा औंल्याउदै आफूले आफ्नो एजेण्डाको प्रचार गर्नुभन्दा देश, समाज र आफ्नो क्ष्ँेत्रको विकासका लागि गर्नुपर्ने अवश्यक कार्यहरुलाई निरन्तरता दिने बताए । दलिय गठबन्धन जनतालाई मूर्ख बनाउन मात्र भएको उनले कटाक्ष गरे ।
यस क्षेत्रका जनताहरुले के–कस्ता समस्या भोगिरहेका छन भन्ने प्रश्नको जवाफमा किसानहरुलाई मलको समस्या, शैक्षिक क्षेत्रको हकमा सरकारी विद्यालयहरुमा गुणस्तरिय शिक्षाको अभाव, निजी विद्यालयहरुमा शुल्कको समस्या, सरकारी अस्पतालहरुमा गुणस्तरीय उपचारको अभाव र निजीमा उपचारका लागि चर्को शुल्क तिर्नुपर्ने बाध्यता, बाटोघाटोको समस्याका साथै देशमा रहेको जनशक्ति रोजगारीको अभावमा विदेश पलायन भई उतातिर उपलब्धीमुलक हुनुपर्ने बाध्यता औंल्याउंदै यस्ता समस्याको समाधानका लागि आफूले काम गर्ने सुधिर पटेलको भनाईं रहेको छ ।
स्वतन्त्र युवा उम्मेदवार सुधिर पटेलले शनिवार वीरगंज महानगरपालिकाको लालपर्सा र हरपतगंजमा घरदैलो कार्यक्रम गरेको थिए । घरदैलो कार्यक्रमलाई समर्थन जनाउदै स्थानीय युवा, बृद्ध लगायत उल्लेखिनय सहभागीता रहेको थियो ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २० घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *