Image

युवाहरूको रोजाइ बन्दै जनमत पार्टी

वीरगंज — जनमत युवा दस्ता पर्साद्वारा वीरगंजमा आयोजित एक विशेष कार्यक्रममा करिब ८० जना युवा जनमत पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। सोही अवसरमा वीरगन्जको वडा नम्बर ८ र वडा नम्बर १५ मा बुथस्तरीय युवा दस्ता गठन गरिएको छ।

कार्यक्रम जनमत युवा दस्ता पर्साका अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वीरगन्जका विभिन्न वडाबाट प्रभावशाली युवाहरू गुलाम हवारी, अमन गुप्ता, आकाश कुमार कानू, बिकी सर्राफ, सागर कुमार ठाकुर, रोशन पाण्डे, रोहन ठाकुर लगायतले नेतृत्व गर्दै जनमत पार्टीमा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरुलाई कार्यकारिणी सदस्य तथा जिल्ला इन्चार्ज माधव सिह, जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ र युवा जनमत संघका जिल्ला अध्यक्ष उदय यादवले गम्छा र टीका लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा युवा जनमत संघ पर्साका उपाध्यक्ष धिरेन्द्र पन्जियार, कोषाध्यक्ष सिकेन्द्र राम, हिरालाल रामलगायतको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले जनमत पार्टीको “नौलो गणतन्त्र” को एजेन्डा नै अहिलेको जेनेरेशनको आवश्यकता भएको बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, दलिय सिण्डिकेटको अन्त्य, प्रतिस्पर्धात्मक आधारमा संवैधानिक नियुक्ति र भ्रष्टाचारमुक्त शासन प्रणालीलाई पार्टीको मूल एजेन्डाका रूपमा अघि सारे।

साथै, आम जनताको अवस्था परिवर्तनका लागि सोचमा र निर्वाचनको परिणाममा समेत बदलाव आवश्यक रहेकोमा अध्यक्ष सरार्फले जोड दिए।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ५ दिन अगाडि

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका…

ByByanjana soni ५ महिना अगाडि

काठमाडौं क्षेत्र नं. ४ मा केम्स सिंहको जितको संकेत बलियो

  काठमाडौं, नेपाल – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार केम्स सिंहको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै…

ByByYOUTV Nepal ६ महिना अगाडि

पुराना दल कमजोर देखिँदा बारा ३ मा नयाँ शक्तिको उभार

बारा – बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच…

ByByBirgunj ६ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *