युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
मस्काे, २५ जेठ । दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका भत्किएपछि सयौं मानिसहरु आफ्नो घर छोड्न बाध्य भएका छन्।
उक्त बाँध भत्किए पछि डिनिप्रोको किनारका १ हजार ८ सय भन्दा बढी घरहरू डुबानमा परे पछि १५ हजार मानिसहरूलाई विस्थापित हुन पुगेका छन् । साथै, सो क्षेत्रमा तोप र गोलाबारीको आवाज पनि सुनिएको छ ।
बाँध भत्केपछि युक्रेनको दक्षिणी खेरसनको ठूलो भाग जलमग्न भएको छ । आगामी २० घण्टामा पानीको सतह अर्को एक मिटरले बढ्ने अनुमान गरिएको छ, डिनिप्रोको किनारमा रहेका तल्लो क्षेत्रहरू डुबानमा पर्दै जाने छ, एक अधिकारीहरूले भने। धेरै स्थानीयले डरले घरको छतमा रात बिताएका छन् ।
बस र रेलद्वारा अत्यावश्यक सामानहरूसहित तिनीहरूलाई बाहिर निकाल्ने प्रयास गरिएको थियो।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नोभा काखोभका बाँधको पतनलाई सामूहिक विनाशको वातावरणीय बम भनेका छन्। यसले ८० सहर र गाउँमा बाढीको खतरा सिर्जना गरेको छ । जेलेन्स्कीले यसका लागि रुसलाई दोष दिएका छन् ।
तर, रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले भने सो दुर्घटनामा नाटोको हात रहेको आरोप लगाएका छन् ।
बुधबार भएको काखोभका बाँध विस्फोटको जिम्मेवारी अमेरिका, बेलायत र यसका नाटो सहयोगीहरूले लिनुपर्ने उनको भनाई छ ।
उनले युक्रेनमा बम विष्फोट गर्न यी देशले सहमति दिएको बताए । दुवै देशले एकअर्कालाई बाँध भत्काएको आरोप लगाउँदै आएका छन्
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि