Trending

यस्तो छ, आजको हरियो तरकारी तथा फलफूलको मुल्य

1.6kViews
0 Shares

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गरेको छ ।समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ ,सानो गोलभेडा लोकल २५ रुपैयाँ, रातो आलु ५५ रुपैयाँ,सेतो आलु ३६ रुपैयाँ,प्याज सुकेको भारतीय ९० रुपैयाँ रहेको छ । आज सेतो आदलु प्रतिकेजी दुई रुपैयाँ र प्याजमा पाँच रुपैयाँ मूल्य घटेर आएको छ ।

यस्तै, समितिले आजको लागि गाजर प्रतिकेजी ५०,बन्दा लोकल ५०, स्थानीय काउली १५,मूला रातो ३०,सेतो लोकल मूला १५,भन्टा लाम्चो १५,मकै बोडी २५, भटमासकोशा १६०,घिउ सिमी लोकल १५, राजमा सिमी ८०,लौका १५,परवल लोकल ६०,घिरौला ३०, फर्सी पाकेको ३०,हरियो फर्सी डल्लो १० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

रायो साग २०,पालुंगो ८०,चमसुर ८०,तोरी ३०, हरियो प्याज ९०,च्याउ कन्य ५०, डल्ले च्याउ २५०,कुरीलो १०००, ब्रोकाउली ३५ रुपैयाँ तोकिएको छ । हिजोको तुलनामा पालुंगो २०,चमसुर र रायोको सागमा समान १० र ब्रोकाउलीमा १५ रुपैयाँ मूल्य घटेर आएको छ ।

फलफूलमा आज फूजी स्याउ ३२० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ । यस्तै,केरा १६०,कागती १२०,अनार ४००,कालो अंगुर ३८०,सुन्तला नेपाली ८०,मौसम ९०,जुनार २२०, आभोकाडो २०० र किवि १५० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय