यस्तो छ, आजको बिदेशी मुद्राको बिनिमय दर, युरो १४१ रुपैँया बढी
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौ, २५ जेष्ठ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ७८ पैसा र बिक्री दर १३२ रूपैयाँ ३८ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ १८ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ११ पैसा र बिक्री दर १६४ रूपैयाँ ८५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १५ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि