• Home
  • ताजा समाचार
  • यसपटक अत्याधिक मतले जित्छु, अर्काेपटक चुनाव लड्दिनँ–रामवीर मानन्धर
Image

यसपटक अत्याधिक मतले जित्छु, अर्काेपटक चुनाव लड्दिनँ–रामवीर मानन्धर

काठमाडाैं, १ मंसिर ।  काठमाडौं-७ मा एमालेबाट विद्रोह गरि बागी उम्मेदवारी दिएका पूर्वमन्त्री रामवीर मानन्धरले आगामी कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् । बिहीबार बालाजुमा पत्रकार सम्मेलन गरि नेता मानन्धरले बाँकी काम पूरा गर्नका लागि योपटक आफू घण्टाघर चुनाव चिह्न लिएर उम्मेदवार भएको बताउँदै आगामी दिनमा कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका हुन् । 

काठमाडौं-७ मा अघिल्ला दुई संसदीय निर्वाचन अत्याधिक मतसहित जितेका मानन्धरलाई यसपटक एमालेले टिकट नदिएपछि बागी उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । नेता मानन्धरले आफू निर्वाचित हुने निश्चित भएसँगै एमाले र माओवादीका उम्मेदवारमा छट्पटी बढेको दाबी गर्दै आफू नै जनताको साझा उम्मेदवार भएको दाबी समेत गरे ।

स्थानीय तह निर्वाचनमा एमाले नेतृत्वले कांग्रेससँग जोडेर आरोप लगाएकाले आफूलाई न्याय दिनका लागि कांग्रेस कार्यकर्ताले समेत साथ दिने मानन्धरको दाबी छ । 

एमालेका इमान्दार कार्यकर्ता आफुसँगै रहेको दाबी गर्दै नेता मानन्धरले बाध्यतामा परेर एमालेका उम्मेदवारसँग भएको जस्तो गरे पनि आफूसँग निरन्तर छलफल भइरहेको बताए ।   काठमाडौंलाई सभ्यता र संस्कृतिको सहर बनाउनका लागि महानगर प्रमुख बालेन साहलाई सहयोग गर्नका लागि संसदमा आफू भएमात्रै सहज हुने मानन्धरको दाबी छ । गुठी विधेयकको विरोध गरेका कारण नै आफुमाथि पार्टीले अन्याय गरेको मानन्धरको तर्क छ । 

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *