Image

मोरक्कोसँगको हारपछि ब्रसेल्समा मच्चियो दंगा

काठमाडौं, १२ मंसिर

कतारमा जारी विश्वकप खेलमा मोरक्कोले बेल्जियममाथिको जितपछि ब्रसेल्समा दंगा मच्चिएको छ । बेल्जियम हारेपछि आक्रोशित बनेका मानिसहरूको एउटा समूहले कार र केही विद्युतीय स्कुटरमा आगजनी गरी दंगा मच्चाएपछि प्रहरीले एक दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । 

बेल्जियमको राजधानीका धेरै ठाउँहरूमा दंगा भएको थियो । दर्जनौं फुटबल प्रशंसकहरू पुलिसँग झडपमा उत्रिएका थिए । दंगा नियन्त्रण गर्न प्रहरीले पानीको छर्रा र अश्रु ग्यास प्रयोग गरेको थियो ।

दंगामा संलग्न व्यक्तिहरूले प्रोजेक्टाइल, लाठी प्रयोग गरी सार्वजनिक राजमार्गमा आगजनी गरेका थिए । आतिशबाजीबाट एक पत्रकारको अनुहारमा चोट लागेको छ । 
 


Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni १ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ४ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *