Image

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौं, ११ मंसिर

मध्यपुर थिमी नगरपालिका-६ पुरानो थिमीमा  शनिबार राति भएको सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

पुरानो थिमी ओरालोमा दुवाकोटबाट पुरानो थिमितर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च. ४२९३ नम्बरको महेन्द्रा म्यासिमो गाडी विपरित दिशाबाट जाँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल आपसमा ठाेक्किदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका क्वाछेंका २८ वर्षीय सिजन फसिकवाको मृत्यु भएको हो ।

फसिकवालाई उपचारको लागि मध्यपुर ठिमी अअस्पताल भक्तपुरमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाइकल पछाडि बसेका भक्तपुर नगरपािलका-७ गोलमढीका ३२ वर्षीय सिनल ग्वाछाको सोही अस्ततालमा उपचार भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

घटनास्थलमा प्रहरी वृत थिमिबाट अनुसन्धान अधिकृतसहितको टोली पुगि प्रारम्भिक अनुसन्धान गरी दुर्घटनामा संलग्न गाडी र चालक सिन्धुली फिक्कल गाउँंपालिका-१ घर भई भक्तपुरको दुवाकोटका २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरी वृत थिमिमा राखिएको छ । 

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *