• Home
  • जनजाति
  • मेरो उम्मेदवारी जनताको लागि हो ः सुधिर पटेल
Image

मेरो उम्मेदवारी जनताको लागि हो ः सुधिर पटेल


आउंदो मंसीर ४ गते हुन लागेको निर्वाचनमा प्रदेश सभा सदस्य पदका लागि पर्सा निर्वाचन क्ष्ँेत्र नं. १ को क बाट स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलले आफ्नो उम्मेदवारी जनताको लागि भएको प्रतिकृया दिएका छन् ।
अर्थ टेलिभिजनद्वारा सञ्चालित एक कार्यक्रममा बोल्दै उनले जनताका हकहितका विषयमा लागि विभिन्न क्ष्ँेत्रमा आफूले आवाज उठाएको बताउंदै चुनावको मुखमा विभिन्न राजनैतिक दलका उम्मेदवारहरुले आ–आफ्ना एजेण्डा लिएर आएको भएपनि ती एजेण्डाहरु जनतालाई झुक्याउनका लागि मात्र भएको अभिव्यक्ति दिएका छन् । चुनावका बेला विभिन्न लोभलाग्दा नाराहरु लिएर मतदाता अगाडी आउने जनप्रतिनीधिहरु चुनाव सके लगत्तै सबथोक विर्सने परम्परा औंल्याउदै आफूले आफ्नो एजेण्डाको प्रचार गर्नुभन्दा देश, समाज र आफ्नो क्ष्ँेत्रको विकासका लागि गर्नुपर्ने अवश्यक कार्यहरुलाई निरन्तरता दिने बताए । दलिय गठबन्धन जनतालाई मूर्ख बनाउन मात्र भएको उनले कटाक्ष्ँ् गरे ।
यस क्ष्ँेत्रका जनताहरुले के–कस्ता समस्या भोगिरहेका छन् भन्ने प्रश्नको जवाफमा किसानहरुलाई मलको समस्या, शैक्षिक क्ष्ँेत्रको हकमा सरकारी विद्यालयहरुमा गुणस्तरिय शिक्ष्ाँको अभाव, निजी विद्यालयहरुमा शुल्कको समस्या, सरकारी अस्पतालहरुमा गुणस्तरीय उपचारको अभाव र निजीमा उपचारका लागि चर्को शुल्क तिर्नुपर्ने बाध्यता, बाटोघाटोको समस्याका साथै देशमा रहेको जनशक्ति रोजगारीको अभावमा विदेश पलायन भई उतातिर उपलब्धीमुलक हुनुपर्ने बाध्यता औंल्याउंदै यस्ता समस्याको समाधानका लागि आफूले काम गर्ने सुधिर पटेलको भनाईं रहेको छ ।
एक अर्को प्रश्नको जवाफ दिंदै पटेलले विगतका दिनहरुमा आफूले पार्टीगत राजनीति गरेको र त्यस दौरान जनताका आवाजलाई विभिन्न माध्यमले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने क्रममा कैयांै पटक थुना पर्नुका साथै अस्पताल समेतमा भर्ना भएको बताउंदै मधेश आन्दोलन पश्चात मधेशको राजधानी वीरगञ्ज हुनुपर्ने भन्दै आफूलेनै पहिलो आन्दोलन गरेको स्मरण गराए । आफूले जनताका लागि गरेका कार्यको मूल्यांकन गर्दै जनताले यसपाली आफूलाई विश्वास गरेको बताउंदै उनले आफ्नो जीत निश्चित भएको दावी गरे ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १५ घण्टा अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *