For Youtvnepal long gif
Image

मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान आजबाट सुरु

काठमाडौं । चैत २१ गते
आजबाट मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान सुरु भएको छ । रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ । महिनाको सुरवातसँगै आइतबार पहिलो रोजा (ब्रत) अधिकांस मुस्लिमहरु बसे ।इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजानका रुपमा लिइन्छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास (व्रत) बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । रोजामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म पानी समेत नखाइ ब्रत बस्ने गर्छन् । सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरि) खार्ई सुरु गरिएको (व्रत) रोजा सूर्यास्त भइसकेपछि अफतारी (व्रत तोडनु) गरी रोजा खोल्नुपर्छ ।

रोजाको समयमा मुसलमान निराहार यहाँसम्मकी जानेर थुक पनि निल्नु हुँदैन ।रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रुपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाँडिएको छ ।पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफलाप) दोस्रो १० दिनको अवधिलाई रहमत (दया–माया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् । रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्ने गरिन्छ । तराबी भनेको कुरान पूरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले पढाउने विशेष नमाज हो ।

हाफिजले यो महिनामा ३० खण्डमा रहेको कुरान तरावी पढ्ने नमाजीलाई नमाज मार्फत सुनाउनुपर्छ । तर देश अहिले कोरोना महामारीको जोखिमले गर्दा रौनकता छैन ।झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो । रमजान महिना गरिब, दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् ।

यस महिनामा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्नुपर्छ भने वर्षभरिको आमदानी र सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय, दिनदुःखी मस्जिद वा मदरसामा इदको नमाज पढ्नुभन्दा अगावै दिनुपर्ने मान्यता छ । रमजानको अन्तिम दिन चन्द्रमा हेरेसँगै भोलिपल्ट इदुलफित्र इद मनाइन्छ ।

Related Posts

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni ७ दिन अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni २ हप्ता अगाडि

Valentino College ले गर्यो SEE Super Model Vol. 5 Contestants लाई सम्मान तथा Training

SEE Super Model Vol. 5 अन्तर्गत छनोट भएका 100 जना प्रतियोगीहरुलाई Valentino College द्वारा विशेष 1 दिने Idea…

ByByanjana soni १ महिना अगाडि

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *