Image

मुल्य वृद्धिको विरोधमा मोदीविरुद्ध खनिए राहुल गान्धी


काठमाडौ, भदौ २० गते।
इन्धनको मूल्य बृद्धि र बढ्दो बेरोजगारीको विरोधमा भारतीय कंग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । विपक्षी नेता राहुल गान्धीको नेतृत्वमा हजारौं भारतीयहरूले सरकारविरोधी प्रदर्शन गरेका हुन् । नेता राहुलले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले जनताका समस्याहरू सम्बोधन गर्न असफल भएको आरोप लगाए ।

गान्धीले मोदीले साना तथा मझौला उद्योग र गरिब किसान र मजदुरहरूको खर्चमा ठूला व्यापारिक समूहहरूलाई फाइदा पुर्याउने नीतिहरू अवलम्बन गरेको आरोप लगाए । बेरोजगारी र मूल्यवृद्धिबाट मानिसहरू प्रभावित भइरहेका उनले बताए ।

उनले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को हिन्दू–मुस्लिम ध्रुवीकरणको नीतिको प्रसंग उठाउँदै सरकारले भय र घृणाको वातावरण सृजना गरेर देशलाई कमजोर बनाउँदै लगेको आरोप लगाए । उनले संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को पनि आलोचना गरे । राहुलले भने, ‘ हिन्दू सर्वोच्चतावादी संगठन राष्ट्रिय स्वयंसेवक संघ भाजपाको वैचारिक आदर्श हो ।’

आठ वर्षअघि मोदी सत्तामा आएदेखि पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र गहुँजस्ता अत्यावश्यक खाद्यवस्तुको मूल्य ४०–१७५ प्रतिशतले बढेको कांग्रेस नेताले बताए ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *