• Home
  • ताजा समाचार
  • मिर्मिरे र नेरुडे लघुवित्त बराबरी हैसियतमा मर्जरमा जाने
Image

मिर्मिरे र नेरुडे लघुवित्त बराबरी हैसियतमा मर्जरमा जाने

१२ पुस काठमाडौं 

मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने/गाभिने -मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुई संस्थाबीच ११ पुस सोमबारको दिन मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुई संस्थाबीच १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने सहमति भएको स्रोतले जनाएको छ । मर्जरपछि भन्ने लघुवित्तको नाम मेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था रहेकेा सहमति भएको छ ।

उक्त सम्झौतामा मिर्मिरे लघुवित्तको तर्फबाट अध्यक्ष टेक बहादुर बोहोरा र नेरुडे लघुवित्तका तर्फबाट अध्यक्ष डा. भेषप्रसाद धमलाले हस्ताक्षर गरे । त्यस्तै सञ्चालक समिति अध्यक्षमा हालको मिर्मिरे लघुवित्तका अध्यक्ष बोहोरा र प्रमुख कार्यकारी अधिकृतमा नेरुडेका भोजराज बस्याल रहने सहमति भएको छ ।

मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको नेरुडे लघुवित्तको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । त्यस्तै काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरकै मिर्मिरे लघुवित्तको चुक्ता पुँजी ५२ करोड २१ लाख रुपैयाँ रहेको छ ।नेरुडे लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै मिर्मिरे लघुवित्तले पनि आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ३ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *