Image

माेगाम्बाेकाे पहिरन आफनो समयकाे सबैभन्दा महंगाे

मुम्बई, ७ असार । हिन्दी फिल्म जगतमा आफ्नो अभिनयको उत्सव मनाउने अभिनेता अमरीश पुरीको निधन भएको वर्षौ भइसकेको छ ।

तर आज पनि उनको फ्यान जब उनलाई टेलिभिजनमा देख्छन्, उनको उपस्थितिको महशुस गर्छन् । अमरीश बलिउडका एक यस्ता लोकप्रिय भिलेन रहे, जसले फ्यानमाझ नकारात्मक भूमिकामा पनि प्रेम पाए । अमरीशले आफ्नो करियरमा केवल भिलेनका रुपमा मात्र आफूलाई स्थापित गरेनन् । उनले कहिले दर्शकलाई हँसाए र कहिले भावुक पनि बनाए ।

उनका ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘मिस्टर इण्डिया’, ‘मुझसे शादी करोगी’, ‘करण अर्जुन’लगायतका कैयौं सम्झनलायक फिल्म छन् । अमरीशलाई बलिउडको ‘मोगेम्बो’ पनि भनिन्छ । उनको यो भूमिका निकै लोकप्रिय बनेको थियो । फिल्म ‘मिस्टर इण्डिया’को ‘मोगेम्बो’ चरित्र उनका लागि यति शक्तिशाली बनिदियो कि उनले बोलेको संवाद ‘मोगेम्बो खुश हुवा’ आज पनि जो कोहीले सम्झन्छन् ।

सायद कमैलाई थाहा होला उनले ‘मोगेम्बो’ चरित्र निर्वाह गर्दा लगाएको पहिरनको मूल्य २५ हजार रुपैंयाँ थियो । अहिलेको समयमा यो रकम निकै कम लागे पनि त्यो समयमा यो मूल्य अधिक नै थियो । सन् ८० को समयमा फिल्म निर्माताहरु फिल्ममा बढी खर्च गर्दैन थिए । तर सन् १९८७ मा रिलिज भएको फिल्म ‘मिस्टर इण्डिया’मा ‘मोगेम्बो’को पहिरनका लागि निर्माता बोनी कपूरले त्यो समयको हिसाबले दिल खोलेर खर्च गरेका थिए । हिराेलाइ भन्दा भिलेनकाे ड्रेसअपका लागि बढी खर्च गरिएकाे थियाे । 

फिल्ममा उनको गोल्डन छडीदेखि लिएर उनको ब्ल्याक र गोल्डेन कष्ट्युमले दर्शकको ध्यान खिचेको थियो । यो पहिरनमा बोनीले २५ हजार रुपैंयाँ खर्च गरेका थिए । यो रकम त्यो समयमा निकै महंगो रकम हो । अमरीशले आफ्नो करियरको सुरुवात सन् १९५६ मा फिल्म ‘भाई भाई’बाट गरेका थिए । यसपछि उनले ‘प्रेम पुजारी’, ‘रेशमा और शेरा’, ‘हलचल’, ‘हिन्दुस्तान की कसम’, ‘सलाखें’, ‘डाकू’ जस्ता कैयौं फिल्ममा काम गरे ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको…

ByByanjana soni २ महिना अगाडि

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *