• Home
  • समाचार
  • मानव सेवा आश्रम वीरगंजको ८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
Image

मानव सेवा आश्रम वीरगंजको ८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

वीरगंज –  मानव सेवा आश्रम वीरगंज शाखाको ८औँ वार्षिकोत्सव समारोह शनिबार भव्य रूपमा सम्पन्न भएको छ। वीरगंजस्थित क्लासिक ब्यांकेटमा आयोजित समारोहको उद्घाटन मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले गर्नुभएको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पटेलले वीरगंजमा निर्माणाधीन मानव सेवा आश्रम वीरगंज शाखाको भवन निर्माणमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आश्रमको आफ्नै भवन निर्माणका लागि व्यक्तिगत रूपमा पनि सहयोग गर्ने र आश्रम सञ्चालनका लागि आवश्यक अन्य सहयोगमा सदैव तत्पर रहने बताउनुभयो।

मन्त्री पटेलले देशभर सञ्चालनमा रहेका मानव सेवा आश्रमहरूमा राज्यको प्रत्यक्ष सहयोग र योगदान नहुनु तीतो यथार्थ भएको उल्लेख गर्नुभयो। समाजसेवामा समर्पित व्यक्तिहरूको योगदानकै आधारमा आश्रमहरू सञ्चालन भइरहेको बताउँदै उहाँले मानव सेवा आश्रममा खटिएका स्वयंसेवकहरू ईश्वररूपी भगवान् भएको धारणा व्यक्त गर्नुभयो। उहाँले उनीहरूको इमान्दारिता, सेवाभाव र योगदानको प्रशंसा शब्दले मात्र व्यक्त गर्न नसकिने समेत बताउनुभयो।

समारोहमा मानव सेवा आश्रम वीरगंज शाखाका संस्थापक संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा, सामाजिक अभियन्ता प्रकाश थारुलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण मानव सेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ताले गर्नुभएको थियो।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि
1 Comments Text
  • briribet says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    I have been playing here for a few months and the experience is truly smooth. The customer support team always replies quickly and the bonuses keep the gameplay exciting. I really enjoy the variety of games available for both casual sessions and bigger weekends. If you are looking for a reliable platform that treats players well you should definitely give this spot a try. briribet
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *