• Home
  • समाचार
  • मानव सेवा आश्रम वीरगंजको ८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
Image

मानव सेवा आश्रम वीरगंजको ८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

वीरगंज –  मानव सेवा आश्रम वीरगंज शाखाको ८औँ वार्षिकोत्सव समारोह शनिबार भव्य रूपमा सम्पन्न भएको छ। वीरगंजस्थित क्लासिक ब्यांकेटमा आयोजित समारोहको उद्घाटन मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले गर्नुभएको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पटेलले वीरगंजमा निर्माणाधीन मानव सेवा आश्रम वीरगंज शाखाको भवन निर्माणमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आश्रमको आफ्नै भवन निर्माणका लागि व्यक्तिगत रूपमा पनि सहयोग गर्ने र आश्रम सञ्चालनका लागि आवश्यक अन्य सहयोगमा सदैव तत्पर रहने बताउनुभयो।

मन्त्री पटेलले देशभर सञ्चालनमा रहेका मानव सेवा आश्रमहरूमा राज्यको प्रत्यक्ष सहयोग र योगदान नहुनु तीतो यथार्थ भएको उल्लेख गर्नुभयो। समाजसेवामा समर्पित व्यक्तिहरूको योगदानकै आधारमा आश्रमहरू सञ्चालन भइरहेको बताउँदै उहाँले मानव सेवा आश्रममा खटिएका स्वयंसेवकहरू ईश्वररूपी भगवान् भएको धारणा व्यक्त गर्नुभयो। उहाँले उनीहरूको इमान्दारिता, सेवाभाव र योगदानको प्रशंसा शब्दले मात्र व्यक्त गर्न नसकिने समेत बताउनुभयो।

समारोहमा मानव सेवा आश्रम वीरगंज शाखाका संस्थापक संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा, सामाजिक अभियन्ता प्रकाश थारुलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण मानव सेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ताले गर्नुभएको थियो।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ७ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *