• Home
  • ताजा समाचार
  • माधव नेपालको चेतावनी : गठबन्धनका नेतामा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्छौं
Image

माधव नेपालको चेतावनी : गठबन्धनका नेतामा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्छौं

४ पुस, काठमाडौं 

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका नेताहरुमा अहंकार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी दिएका छन् ।

सोमबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले आफूहरुको चाहना भने सत्तारुढ गठबन्धनलाई नै निरन्तरता दिने रहेको बताए ।

‘हामीले अहिलेकै गठबन्धनलाई कायम राख्ने छौं,’ नेपालले भने, ‘गठबन्धन दलका नेताहरुले संगसँगै जाने सहमति पनि गरेका छौं । तर, गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाउँछ भने हामी जस्तोसुकै स्थितिको सामना गर्न तयार छौं ।’

उनले यसबारेमा थप व्याख्या भने गरेनन् । सत्ता गठबन्धनभित्र शक्ति बाँडफाँटका विषयमा औपचारिक छलफल सुरु नभइसकेका बेला नेपालले दिएको चेतावनीलाई अर्थपूर्ण मानिएको छ । प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादीले मुख्य पाँच पदमध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ ।

कतिपयले बामपन्थीमात्रै र गैरबामपन्थीको सरकार बन्न सक्ने चर्चा गरेको भन्दै उनले तयसको अर्थ नभएको बताए ।

यो प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेसलाई धेरै फाइदा भएको टिप्पणीसमेत नेपालले गरे । ‘यो निर्वाचनलाई कुनै पार्टीलाई बहुमत दिएको छैन’, उनको भनाइ छ, ‘अरु जम्मैले नोक्सानी बेहोरे, फाइदा लियो नेपाली कांग्रेसले । त्यो स्वभाविक थियो ।’

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *