Trending

माओवादी केन्द्रका केन्द्रीय सदस्यको अभिव्यक्तिबारे निजी विद्यालयकाे आपत्ती

840Views
0 Shares

महोत्तरी, २ भदौ

निजी तथा आवासिय विद्यालयको छाता संगठन एनप्यावसनले माओवादी केन्द्रका केन्द्रीय सदस्य राजु खड्काको अभिव्यक्तिलाई लिएर आपत्ती जनाएको छ ।

करारका सिक्षकहरूलाई हटाएको विषयमा निजी विद्यालयलाई जोडेर दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताउँदै एनप्यावसनले विज्ञप्तीमार्फत प्रतिवाद गरेको हो ।

‘करारका शिक्षक हटाउन व्यापारिक लाभ लिने उदेश्यले निजी विद्यालय समेत लागि परेको भन्ने अभिव्यक्तिप्रति हाम्रो ध्यानकर्षण भएको छ ।´ एनप्याबसन बर्दिबासका संयोजक सरोज प्रधानले भनेका छन् ।

एनप्याबसनले करारका शिक्षक हटाउनु गलत भएको बताउँदै शिक्षकहरूको मागप्रति ऐक्यबद्धता समेत जनाएको छ । माओवादी केन्द्र महोत्तरीका इन्चार्ज समेत रहेका नेता खड्काले दिएको अभिव्यक्तिलाई लिएर एनप्याबसनले शिक्षक साथीहरूको पीडामा थप राजनीति नगर्न पनि सचेत गराएका छन् ।

समस्याको सावधान गर्न एउटा राजनीतिकर्मीले निकास खोज्नुपर्ने ठाउँमा अत्यन्त निकृष्ट धारणा सार्वजनिक गर्नु निन्दनीय रहेको एनप्याबसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नेतृत्वलाई स्खलित नबनाउन पनि आग्रह गरिएको छ । खड्काको अभिव्यक्तिलाई लिएर जारी गरेको उक्त विज्ञप्तिमा घुमाउरो पाराले खड्काको नेतृत्वमाथि प्रश्न उठाइएको छ ।

खड्काको नेतृत्वमाथि प्रश्न चिन्ह खडा गर्दै विज्ञप्तिमा माओवादी केन्द्रको पराजयलाई समेत विषयान्तर गरिएको छ । सर्वदलिय छलफलमा खड्काले दिएको अभिव्यक्तिलाई लिएर नेता खड्काले सार्वजनिक शिक्षामा कति योगदान दिएका छन् ? भन्दै प्रश्न गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय