• Home
  • बागमती प्रदेश
  • माइतीघरमा धर्ना बसेका महिलासँग महिला र मुस्लिम आयोगका अध्‍यक्षले गरे भेट
Image

माइतीघरमा धर्ना बसेका महिलासँग महिला र मुस्लिम आयोगका अध्‍यक्षले गरे भेट

 

काठमाडौं २ गते

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका पीडित परिवारका सदस्यहरुलाई राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगले आज भेटेको छ ।

पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिएका उनीहरुलाई मंगलबार माइतीघरमा महिला आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले भेट गरेका हुन् ।

पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् । पीडित परिवारसँगको भेटघाटपछि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पीडित परिवारका सदस्यहरुले घटनामा वासा कुर्मीको संलग्नता रहेको र उसलाई कारबाहीको माग गरेको बताए ।

उनले पीडितका कुराहरु गृहमन्त्री र आइजीपीसँग कुरा गरेर पीडित परिवारलाई तत्काल न्याय दिलाउन पहल गर्ने बताए । उनले स्थानीय सरकारले सही समयमा सही भूमिका खेल्न नसकेको कारण नै नेपालगञ्जदेखि पीडित परिवारका सदस्यहरु हिँडेर काठमाडौं आएको बताए।

अध्यक्ष अन्सारीले भने, ‘धोबी र कुर्मीको न्‍यायका लागि गृहमन्त्री र आइजीपी सँग कुराकानी गरेर दोषीमाथि कारबाहीको लागि माग राख्‍नेछु। उहाँहरुको न्‍यायको लागि पहल गर्नेछौं।’

त्यस्तै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलामाथि भएको हिंसालाई समयमै सम्बोधन गर्नुपर्ने बताइन् ।

उनले पीडितलाई न्याय र पीडकलाई तत्काल कारबाही गर्नुपर्ने बताउँदै घटनाको छिटो भन्दा छिटो छानबिन गर्नुपर्ने बताइन् । पीडितहरु नेपालगञ्जदेखि हिँडेर न्यायका लागि भन्दै काठमाडौंसम्म आइपुग्नु दुखद् भएको उनको भनाइ थियो।

अनलाइन खबरबाट

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ९ घण्टा अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni १ हप्ता अगाडि

विदेशको सपना छाडेर स्वदेशमै उद्यम: बिक्की शाहीको ‘NUMBUR – Heaven In Every Bite

काठमाडौं । विदेश गएर भविष्य खोज्ने सोच बनाएका धेरै नेपाली युवामध्ये केही पछिल्लो समय आफ्नै देशमा अवसर सिर्जना…

ByByanjana soni २ हप्ता अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *