महोत्तरीका ३ जनप्रतिनिधिले पाए हिरो अफ द मधेशको उपाधी
By Ronisha joshi
४ वर्ष अगाडि
Comments: 0
महोत्तरी, १५ चैत
महोत्तरीका ३ पालिकाका जनप्रतिनिधिहरुले हिरो अफ द मधेशको उपाधी पाएका छन ।
जिल्लाको बर्दिबास नगरपालिका, मटीहानी नगरपालिका र राम्गोपालपुर नगरपालिकाका ३ जना जनप्रतिनिधिहरुले हिरो अफ द मधेशको उपाधी पाएका हुन ।
उपाधी पाउनेहरुमा बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुर कार्की, मटीहानी नगरपालिकाका हरि प्रसाद मण्डल र रामगोपालपुर नगरपालिकाका उपप्रमुख सितादेवी साह छन ।
हिरो अफ द मधेश प्रतिष्ठानले गरेको एक सर्वेक्षणअनुसार आफ्ना स्थानिय तहमा भएका बिकाशका कामहरुमा उनिहरुको भुमिका अग्रणी रहेको बताइएको छ ।
हिरो अफ द मधेश प्रतिष्ठानका सदस्यहरुले दिएको मतलाइ समेत आधार मान्दा जिल्लामा ३ जना जनप्रतिनिधि छानिएको उक्त संस्थाका संयोजक मोहन सिंहले जानकारी दिए ।

जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि