• Home
  • राजनीति
  • महामन्त्रीमा चुनाव हारेपछि नैनसिंह महरले भने- कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, अभियान जारी रहन्छ
Image

महामन्त्रीमा चुनाव हारेपछि नैनसिंह महरले भने- कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, अभियान जारी रहन्छ

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

साथै, आफ्नो अभियानमा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन् ।

महरले कांग्रेस परिवर्तनको संकल्प कुनै पद वा निर्वाचनको परिणाममा सीमित नरहेको स्पष्ट पार्दै पार्टीको पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनका लागि आफ्नो यात्रा निरन्तर अघि बढ्ने बताएका छन् ।

‘कांग्रेस बदल्ने हुटहुटी साकार होस् र परिवर्तनको संकल्पले सार्थकता पाओस्। पार्टीलाई नयाँ सोच, असल राजनीतिक संस्कार, जिम्मेवार व्यवहार र परिणाममुखी कार्यशैलीसहित अघि बढाउने सवालमा हामी सँगै रहनेछौँ,’ महरले भनेका छन् ।

उनले महाधिवेशनका क्रममा प्राप्त विश्वास, माया र सद्भावलाई आफ्नो राजनीतिक जीवनको महत्त्वपूर्ण ऊर्जा र जिम्मेवारीका रूपमा लिएको उल्लेख गरेका छन् । उनका अनुसार राजनीतिक प्रतिस्पर्धा लोकतान्त्रिक यात्राको एउटा चरण मात्रै हो । विचार, मूल्य, निष्ठा र परिवर्तनप्रतिको प्रतिबद्धता नै राजनीतिक यात्राका स्थायी आधार हुन् ।

महरले समाज परिवर्तनका लागि राजनीति बदलिनुपर्ने, राजनीति बदल्न राजनीतिक संस्कार बदलिनुपर्ने र राजनीतिक संस्कार बदल्न नेतृत्वको चाल, चरित्र र चेहरामा सकारात्मक परिवर्तन आउनुपर्ने धारणा अघि सारेका छन् ।

‘चालमा इमानदारी, चरित्रमा निष्ठा र चेहरामा विश्वास हुनुपर्छ। विचारमा नवीनता, व्यवहारमा शालीनता र कर्ममा परिणाम देखिनुपर्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले नेपाली कांग्रेसलाई समयानुकूल, विचारप्रधान, जनताप्रति उत्तरदायी र परिणाममुखी पार्टी बनाउने अभियानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, संस्थागत सुदृढीकरण, आपसी सहकार्य र सकारात्मक परिवर्तनका पक्षमा आफ्नो भूमिका अझ जिम्मेवार ढंगले अघि बढ्ने उनको भनाइ छ ।

महरको सन्देशले महाधिवेशनको प्रतिस्पर्धालाई व्यक्तिगत जित–हारभन्दा माथि उठेर पार्टी रूपान्तरणको बृहत्तर यात्रासँग जोड्ने प्रयास गरेको छ । नेतृत्वमा आउने परिवर्तनलाई संगठन, कार्यशैली र राजनीतिक संस्कारमा देखिने परिवर्तनसँग जोड्नुपर्ने उनको दृष्टिकोण छ ।

‘सकारात्मक परिवर्तनको यात्रा कुनै पद, प्रतिस्पर्धा वा परिणाममा रोकिने छैन। कांग्रेसको पुनर्निर्माण, राजनीतिक संस्कारको रूपान्तरण र समाजको सकारात्मक परिवर्तनले सार्थक गन्तव्य प्राप्त नगरेसम्म मेरो अभियान अथक, अविचल र निरन्तर अघि बढिरहनेछ,’ महरले उल्लेख गरेका छन् ।

उनले आफ्नो राजनीतिक यात्राको मूल मर्म हिजो पनि परिवर्तन, आज पनि परिवर्तन र भोलि पनि सकारात्मक परिवर्तन नै रहने स्पष्ट पार्दै आशा, विश्वास र नयाँ सम्भावनासहित अघि बढ्ने सन्देश दिएका छन् । पद एउटा अवसर हो, तर परिवर्तन जीवनभरको प्रतिबद्धता हो भन्ने भावसहित महरले कांग्रेसको उज्ज्वल भविष्य र असल राजनीतिक संस्कार निर्माणका लागि सहकार्यको ढोका खुला राखेका छन् ।

Related Posts

मधेशीको नाममा राजनीति मात्रै? उपेन्द्र यादवको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै विक्की यादवले दिए राजी

उपेन्द्र यादवको नेतृत्वमाथि बिदेश्वर यादव ‘विक्की’को प्रश्न : जसपा छाडे, मधेसको मुद्दा होइन! ‘पार्टीभन्दा मुद्दा ठूलो, नेतृत्वभन्दा विचार…

ByByanjana soni ३ दिन अगाडि

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

कांग्रेस महाधिवेशनमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो काठमाडौं, २३ असोज । नेपाली कांग्रेसको नयाँ…

ByByanjana soni ३ दिन अगाडि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न रवि लामिछाने अदालतमा काठमाडौं, २३ असोज । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

ByByanjana soni ३ दिन अगाडि

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

काठमाडौं, २३ असाेज । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *