Trending

मल्टिप्लेक्स फिल्म हलमा विश्वकप फुटबलको फाइनल खेल देखाउने तयारी

1.0kViews
0 Shares

काठमाडौं 

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल नेपालका मल्टिप्लेक्स हलमा पनि देखाउने तयारी भएको छ ।

यतिबेला केही मल्टिप्लेक्स फ्रेन्चाइजले नेपालमा विश्वकपको आधिकारिक प्रसारण संस्था मिडिया हबसँग प्रसारणबारे केही दिनदेखि छलफल चलाइरहेका छन् ।

नेपालका दुई मल्टिप्लेक्स चेनहरु क्यूएफएक्स र आईएनआईले यसबारे तयारी भइरहेको जनाएका छन् । ‘हामी केही हल मिलेर फाइनल खेल देखाउने बारेमा तयारी गरिरहेका छौं,’ आईएनआईका निर्देशक सुरेन्द्र थापाले भने, ‘मिडिया हबसँग हामी छलफलमा छौं ।’

आईएनआईबाहेक बिग मुभिजमा पनि देखाउने गरी आफू तयारीमा जुटेको उनले बताए । ‘अहिल्यै टुंगो लागेको छैन । हलमा खेल देखाउँदाको जोखिमलाई समेत ख्याल गरेर अघि बढ्नेछौं,’ उनले भने ।

यसैबीच, क्यूएफएक्सले समेत नेपालस्थित आफ्ना सबै हलमा फाइनल खेल देखाउने तयारी गरेको छ । क्यूएफएक्समा फुटबल देखाउन लाइन्ज मार्केटिङले मिडिया हबसँग छलफल गरिरहेको छ ।

क्यूएफएक्सका सीईओ रानु विष्ट र बजार प्रमुख तृप्ति गिरीले पनि तयारी भइरहेको जानकारी दिइन् । ‘कसरी देखाउने लगायतका कुरामा कुरा अघि बढिरहेको छ तर अहिल्यै टुंगो लागेको छैन,’ गिरीले अनलाइनखबरसँग भनिन् ।

आईएनआई निर्देशक थापा चाहिं हलमा फिल्म देखाउनु र खेल देखाउनुमा निकै भिन्नता रहेको बताउँछन् । ‘फिल्म हेर्दा दर्शक चियाकफी खाएर अनुशासित ढंगले बस्छन् तर खेलमा त्यो अवस्था नरहन सक्छ । जोखिम पनि हुने भएकाले हामीले यसतर्फ विचार गरिरहेका छौं,’ उनले भने ।

विश्वकपको फाइनल खेल आगामी डिसेम्बर १८ मा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय