• Home
  • ताजा समाचार
  • मन्त्रीलाई भेट्न शहरी विकास मन्त्रालयका कर्मचारी दाङ आएपछि
Image

मन्त्रीलाई भेट्न शहरी विकास मन्त्रालयका कर्मचारी दाङ आएपछि

काठमाडौं, १ मंसिर 

निर्वाचनको मुखमा दाङ आएका शहरी विकास मन्त्रालयका सचिव डा.रमेश सिंहसहितको टोलीलाई एमालेका कार्यकर्ताले बिहीबार राति घेराउ गरेका छन् ।

दाङ क्षेत्र नं. १ बाट उम्मेदवार बनेका शहरी विकास मन्त्री मेटमणि चौधरीलाई चुनावमा सघाउन  आएको आरोप लगाउँदै एमालेको युवा संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले राति सचिव सिंह सहितको टोली बसेको होटलमा घेराउ गरेका हुन् । होटल घेराउ गरेपछि राति साढे १ बजे नै कडा सुरक्षाकाबीच मन्त्रालयका सचिवको टोलीलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सचिव सिंहसहितको टोली राति १ : ३० बजे गाडीमा होटलबाट बाहिरिएको प्रहरी स्रोतले जनाएको छ ।  सचिव सिंह सहितको टोली   घेराउपछि राति नै होटलबाट बाहिरीदै गरेको फोटो र भिडियोहरु सामाजिक सञ्जालामा बाहिरिएको छ ।
चुनावको मुखमा मतदाता प्रभावित गर्नेगरी मन्त्री चौधरीको निर्वाचन क्षेत्रमा मन्त्रालयको  कर्मचारी  आएपछि घेराउ गरिएको एमालेका नेता जगत पोख्रेलले बताए ।  मतदाता प्रभावित पर्नेगरी आर्थिक चलखेल गरेर मन्त्री चौधरीलाई जिताउन मन्त्रालयको टोली दाङ आएको उनको आरोप छ ।

स्रोतका अनुसार बुधबार दाङ आएको मन्त्रालयको टोली बुधबार राति भालुवाङस्थित होलट पौवामा बसेको थियो । तर एमालेका कार्याकर्ताहरुले घेराउ गरेपछि मन्त्रीसँग भेट हुन सकेन ।शहरी विकास मन्त्री मेटमणि चौधरीका स्वकिय सचिव नारायण शर्माले सचिव  सिंह अवकाश हुन लागेकाले मन्त्रीसँग विदाइ हुन दाङमा भेट्न आएको बताए । ‘सचिवज्यूको कार्यकाल मंसिर ५ गते सकिन लागेकाले मन्त्रीसँग भेट्न आउनुभएको रहेछ’, उनले भने, ‘विदा माग्न आएको विषयलाई अर्कै भनेर विरोध गरियो ।’  त्यसबाहेक मन्त्रालयका कर्मचारीको विदेश भ्रमणको फाइल स्वीकृत गराउन पनि मन्त्रालयको टोली आएको उनको भनाइ छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *