• Home
  • अर्थ
  • मन्त्रीमण्डल ठूलो भएकाले ७ वटामा झार्नुपर्ने गण्डकी प्रदेशका अर्थमन्त्रीको भनाई
Image

मन्त्रीमण्डल ठूलो भएकाले ७ वटामा झार्नुपर्ने गण्डकी प्रदेशका अर्थमन्त्रीको भनाई

काठमाडौं । जेठ २० गते
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले सत्ता जोगाउनका लागि मन्त्रीमण्डल विस्तार गर्दा खर्चको आकार बढ्दै गएको बताएका छन् । अर्थ तथा विकास समितिको बैठकमा उनले प्रदेशको मन्त्रीमण्डल ७ जनामै सीमित गर्नुपर्ने बताएका हुन् । ‘आम्दानी भन्दा खर्च अधिक बढेको छ । यसलाई नियन्त्रण गर्न निकै गाह्रो भैसकेको छ । आजको यो ज्वलन्त समस्या हो ।

मन्त्रिमण्डल अव ठूलो भयो । ७ देखि ८ जना बनाउन पनि आवश्यक छैन,’ उनले भने, ‘कानूनले दिएको अधिकार प्रयोग गर्न त पाइयो तर प्रगती के भयो त रु उपादयता के हो त रु पहिले धेरै सुझबुझका साथ ७ वटा मन्त्रालय बनेको रहेछ । हामी त्यो दिशातिर जान जोड गर्नुपर्छ ।’उनले संघीय प्रणालीप्रति अविश्वास बढ्दै गएको भन्दै कार्यशैली फेर्नुपर्ने बताए ।

‘हामीले नै हो प्रदेश र देश बनाउने । हिजो राजा महाराजा थिए, उनीहरुलाई निकै सराप्थ्यौं । अव देश र प्रदेश बनाउने जिम्मा हाम्रो हो, तर अनुभुति हुन सकेन । व्यवहारमा देखिएन । यसले गर्दा प्रणालीप्रति अविश्वास बढ्दै गएको छ,’ बराल भन्छन्, ‘अब जनताले अनुभुती गर्ने गरी काम गर्नुपर्छ । प्रदेश सरकारका जतिपनि जिल्लाका इकाईहरुलाइ पालिकामा एकीकृत इकाईको रुपमा लैजान जरुरी छ । संघीयता र प्रणाली राम्रो बनाउन प्रदेश सरकारका कार्यालय पालिकामा लैजानुपर्छ । जिल्लामा खोल्दा खर्च मात्रै बढी भयो ।’ अहिले प्रदेश सरकारले जिल्लाजिल्लामा मन्त्रालयगत कार्यालय खोलेको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *