• Home
  • Uncategorized
  • मधेशको कामकाजी भाषा छिट्टै घोषणा हुने!! मुख्यमन्त्री राउत
Image

मधेशको कामकाजी भाषा छिट्टै घोषणा हुने!! मुख्यमन्त्री राउत

मधेशको कामकाजी भाषा छिट्टै घोषणा हुने ः मुख्यमन्त्री राउ
जनकपुरधाम, चैत्र २३ । मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशको कामकाजी भाषा छिट्टै घोषणा हुने बताउनु भएको छ ।
मैथिली विकास कोषले आयोजना गरेको जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको समुद्घाटन समारोहमा मुख्यमन्त्री राउतले संविधान प्रदत अधिकार अनुरुप मधेश सरकारले प्रदेशको कामकाजी भाषाको घोषणा छिट्टै गर्न लागेको बताउनु भएको छ ।
प्रदेशको कामकाजी भाषा सम्बन्धि विधेयक निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले एक महिना भित्र विधेयक प्रदेश सभामा दर्ता हुने र प्रदेश सभाबाट पारित भए लगतै मधेश प्रदेश आफनै भाषामा सरकारी कामकाज शुरु गर्ने बताउनु भयो ।


मधेश सरकार प्रदेश भित्रका भाषा संस्कृतिको संरक्षण सम्बद्र्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले मधेश भाषा साहित्य प्रज्ञा प्रतिष्ठान गठनको तैयारी अन्तिम चरणमा पुगेको बताउनु भयो ।
मधेश प्रदेशका प्रमुख भाषाहरु मैथिली , भोजपुरी, बज्जिका लगायतका भाषा संस्कृतिको संरक्षण गठन गर्न लागेको प्रतिष्ठानले गर्नेमा आफु विश्वस्त रहेको उहाँको कथन थियो ।
कोषका अध्यक्ष जिव नाथ चौधरीको अध्यक्षता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, भाषा साहित्य क्षेत्रका प्रबुद्ध व्यक्तिहरुले शुुभकामना मन्तव्य राख्नु भएको थियो ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *