• Home
  • Uncategorized
  • मधेशको कामकाजी भाषा छिट्टै घोषणा हुने!! मुख्यमन्त्री राउत
Image

मधेशको कामकाजी भाषा छिट्टै घोषणा हुने!! मुख्यमन्त्री राउत

मधेशको कामकाजी भाषा छिट्टै घोषणा हुने ः मुख्यमन्त्री राउ
जनकपुरधाम, चैत्र २३ । मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशको कामकाजी भाषा छिट्टै घोषणा हुने बताउनु भएको छ ।
मैथिली विकास कोषले आयोजना गरेको जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको समुद्घाटन समारोहमा मुख्यमन्त्री राउतले संविधान प्रदत अधिकार अनुरुप मधेश सरकारले प्रदेशको कामकाजी भाषाको घोषणा छिट्टै गर्न लागेको बताउनु भएको छ ।
प्रदेशको कामकाजी भाषा सम्बन्धि विधेयक निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले एक महिना भित्र विधेयक प्रदेश सभामा दर्ता हुने र प्रदेश सभाबाट पारित भए लगतै मधेश प्रदेश आफनै भाषामा सरकारी कामकाज शुरु गर्ने बताउनु भयो ।


मधेश सरकार प्रदेश भित्रका भाषा संस्कृतिको संरक्षण सम्बद्र्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले मधेश भाषा साहित्य प्रज्ञा प्रतिष्ठान गठनको तैयारी अन्तिम चरणमा पुगेको बताउनु भयो ।
मधेश प्रदेशका प्रमुख भाषाहरु मैथिली , भोजपुरी, बज्जिका लगायतका भाषा संस्कृतिको संरक्षण गठन गर्न लागेको प्रतिष्ठानले गर्नेमा आफु विश्वस्त रहेको उहाँको कथन थियो ।
कोषका अध्यक्ष जिव नाथ चौधरीको अध्यक्षता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, भाषा साहित्य क्षेत्रका प्रबुद्ध व्यक्तिहरुले शुुभकामना मन्तव्य राख्नु भएको थियो ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *