Image

मतदान केन्द्रमा मोबाइल र क्यामेरा लैजान मनाही

काठमाडौं, २९ वैशाख

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाइने भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि उक्त व्यवस्था गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय रसुवाले बिहीबार जारी गरेकाे सूचनामा भनिएको छ, ‘निर्वाचन आचारसंहिता २०७८ को दफा १८ (क) बमोजिम मतदानस्थल तथा केन्द्रमा कानुनले निषेध गरेका प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान नहुने व्यवस्था भएकाले समस्त रसुवावासी मतदाता तथा सरोकारवालाहरूले सो बमोजिम गर्नु/गराउनु हुन हार्दिक अनुरोध छ ।’

जिल्लामा यसपटक ३४ वटा मतदानस्थल निर्धारण गरिएको छ । यी स्थलमा ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाको उत्तरगया गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, गोसाइँकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र तोकिएको छ ।

यस्तै नौकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तथा आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ३८ हजार ५४५ मतदाता छन् । जसमा १९ हजार ६८९ पुरुष र १८ हजार ८८५ महिला छन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *