• Home
  • ताजा समाचार
  • मंसिर ४ गते जनताको जित हुने: स्वतन्त्र उम्मेदवार द्विवेदी
Image

मंसिर ४ गते जनताको जित हुने: स्वतन्त्र उम्मेदवार द्विवेदी


पर्सा, १७ कात्तिक / पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीले मंसिर ४ गते जनताको जित हुने बताउनु भएको छ । प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनु भएका द्विवेदीले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा जनताको जित हुने बताउनु भएको हो ।
स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीले जनता बिना कुनै नेता, जनता बिना कुनै कुसी, जनता बिना कुनै राजनीति हुनै नसक्ने भएकोले मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनताले चाहे बमोजिम उम्मेदवार निर्वाचित हुने बताउनु भयो । उहाले आफ्नो उम्मेदवारी जनताकै लागि भएकोले जनता आफ्नो पक्षमा रहेको बताउनु भयो । निर्वाचन क्षेत्र नम्बर १ मा लोकप्रिय नेताको रुपमा मानिने अजय द्विवेदीले राजनीति केही भ्रष्ट व्यक्तिले गर्दा बदनाम भएको बताउनु भयो । राजनीति जनताको सेवाको लागि गरिने हो तर केही व्यक्तिले निर्वाचित भएर त्यही राजनीतिलाई भ्रष्टाचार, गुन्डागर्दीमा परिणत गर्न बेर पनि लगाउदैन्न, उनले भने ।
जनताको मतबाट जितेर जानेहरु जनता संगै रुखो व्यहार, जनता माथि नै गुन्डागर्दी, जनता माथि नै आफ्नो राजनीतिक साधि भ्रष्टाचारलाई बढावा दिने गरेको कारण राजनीति बदनाम हुने गरेको, उनले बताए । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जनताले चाहेरै भ्रष्टाचारको बिरुद्ध, गुन्डागर्दीको बिरुद्ध आफुले उम्मेदवारी दिएको स्वतन्त्र उम्मेदवार द्विवेदीले बताए । यसपालिको हुने निर्वाचनमा जनताले, जनताको मर्म, दुख, पिडा बुझ्ने नेतालाई नै नृतृत्व दिने विश्वास लिएको व्यक्त गर्नुभयो ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *