• Home
  • ताजा समाचार
  • मंसिर २२ गते अघि नै सबै नतिजा राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारी
Image

मंसिर २२ गते अघि नै सबै नतिजा राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारी

१ मंसिर, काठमाडौं 

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सबै परिणाम मंसिर २२ गते अगावै आउने दाबी गरेको छ ।

आज गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २२ गते भित्र सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने तयारी रहेको बताए ।

आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक मतसमेत गणना गरि विजयी हुनेहरुको नामावली २२ गतेअघि नै तयार गरिने छ ।

शान्तिपूर्ण र निष्पक्ष रुपमा चुनाव गराउन आफू प्रतिवद्ध रहेको भन्दै आयोगले यसअघि गडबड देखिएका क्षेत्रमा हवाई गस्ती गरिने पनि बताएको छ ।

यस्तै आयोगले मौनअवधि सुरुहुनुअघि नै ठाउँ ठाउँमा अनुगमनका लागि घुम्ती टोली पनि घटाउने बताएको छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ३ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ३ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ५ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *