• Home
  • ताजा समाचार
  • भ्वाइस अफ नेपालमा अन्तिम ८ बीच प्रतिस्पर्धा, आज दुई जना बाहिरिने 
Image

भ्वाइस अफ नेपालमा अन्तिम ८ बीच प्रतिस्पर्धा, आज दुई जना बाहिरिने 

काठमाडौं । गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आज (शुक्रबार)देखि अन्तिम आठका प्रतिस्पर्धा हुँदैछन् । चारजना कोचको समूहबाट दुई–दुईजना प्रतिस्पर्धीले आगामी चरणमा जान संघर्ष गर्नेछन् ।

सेमिफाइनल समेत बताइएको यो चरणपछि फाइनल चरण आउने भएकाले अन्तिम आठको प्रतिस्पर्धा रोचक हुने अनुमान छ । दर्शकले शुक्रबार कार्यक्रम प्रसारण हुने समयसम्मै मतदान गर्न सक्नेछन् ।

दर्शकको भोट निर्णायक हुने भएकाले कुन प्रतिस्पर्धी बाहिरिनेछन् भन्ने अनुमान गर्न सजिलो छैन । कोच स्वयंले आफ्नो समूहबाट प्रतिस्पर्धा गरिरहेकाहरुको लागि भोट मागिरहेका छन् ।

अहिले अन्तिम आठमा टिम प्रमोदबाट योगेश मगर र आशिष महर, टिम राजुबाट रियान गिरी र करण राई, टिम राजेशबाट सविना योङहाङ लिम्बू र पदम राई तथा टिम प्रविशाबाट साइल लिम्बू र प्रिज्वल नेपाली छन् ।

प्रतियोगीले सामाजिक सञ्जालबाट भोट मागिरहेका छन् भने प्रतियोगीको पक्षमा विभिन्न समूहले पनि भोट अभियान चलाइरहेका छन् । आशिष महरको पक्षमा सुदूरपश्चिममा भोट अभियान चलिरहेको छ ।

रियान गिरीको लागि भुटानको थिम्पुमा अर्थ संकलन गर्न कन्सर्ट चलिरहेको छ । शोका पूर्वविजेता किरण गजमेरले समेत रियानको पक्षमा खुलेर भोट मागिरहेका छन् । केही प्रतिस्पर्धीको लागि दलका नेता र जनप्रतिनिधिले समेत भोट मागिरहेका छन् ।

द भ्वाइस प्रत्येक शुक्रबार र शनिबार हिमालय टीभीबाट बेलुका ८ बजे प्रसारण सुरु हुन्छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *