• Home
  • अर्थ
  • भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु
Image

भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

नयाँ दिल्ली, ११ असार । भारतको ओडिशास्थित गञ्जममा दुईवटा बस एकापसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको छ । मृतकहरु एकै परिवारका सात सदस्य र उनीहरूका आफन्तहरू हुन् । 
घाइते भएका सातजनाको एमकेसीजी मेडिकल कलेज र कटक अस्पतालमा उपचार भइरहेको छ ।

बेरहामपुर–तप्तपानी सडकको दिगापाहाण्डी क्षेत्रमा विवाह भोजमा सहभागी भएर फर्किएका सवार बसले अर्को यात्रुबाहक बसलाई ठक्कर दिँदा दुर्घटना भएको बेरहामपुरका प्रहरी उपरीक्षक सर्वाना विवेक एमले जानकारी दिए । 

घाइतेहरुको एमकेसीजी मेडिकल कलेज तथा अस्पताल र दिगापहाण्डी अस्पतालमा उपचार भइरहेको उनले बताए । विशेष राहत आयोगले प्रत्येक घाइतेलाई उपचारका लागि ३० हजार रुपैयाँ उपलब्ध गराएको छ ।
 

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ६ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni ११ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *