• Home
  • अन्तराष्ट्रिय खबर
  • भारतको सात दिने भ्रमणमा नेपाली सांसदले सगर से सागर तक अर्थात हिमालदेखि समुन्द्रसम्मको प्रस्ताव गरे
Image

भारतको सात दिने भ्रमणमा नेपाली सांसदले सगर से सागर तक अर्थात हिमालदेखि समुन्द्रसम्मको प्रस्ताव गरे

भारतको सात दिने भ्रमणमा नेपाली सांसदले सगर से सागर तक अर्थात हिमालदेखि

काठमाडौँ । भारतको सात दिने भ्रमणमा रहेका नेपाली सांसदले त्यहाँको सरकारसँग सगर से सागर तक अर्थात हिमालदेखि समुन्द्रसम्मको प्रस्ताव गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा भारत भ्रमणमा रहेको सांसदको टोलीले सो प्रस्ताव गरेको हो ।

गोवा भ्रमणमा रहेका बेला शुक्रवार त्यहाँका पर्यटनमन्त्री रोहन खाउन्टेसँगको भेटघाटका क्रममा सो प्रस्ताव राखिएको समितिका सभापति राजकिशोर यादव प्रेस सालकार गुप्ताले बताए ।  पर्यटन विकासका लागि हिमालदेखि समुन्द्रसम्मको सम्बन्ध हुनुपर्छ अनि मात्र दुवै देशको पर्यटन क्षेत्रमा विकास हुने भनी आफूहरूले प्रस्ताव राखेको बताउँदै सभापति यादवले यसप्रति गोवा सरकार सकारात्मक रहेको र यसका लागि चाँडै नै प्रक्रिया अगाडि बढाउने कुरा भएको उनले बताए ।

सो भेटघाटमा हिमाल हेर्न आउने पर्यटकलाई नेपालले समुन्द्र हेर्न गोवा पठाउने र समुन्द्र हेर्न आउने पर्यटकलाई भारतले हिमाल हेर्नका लागि नेपाल पठाउने समझदारी बनेको छ । यसका लागि परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया सुरु गर्ने सांसदहरूले धारणा राखेका छन् ।

हिमालदेखि समुन्द्रसम्मको पर्यटकीय सम्बन्ध स्थापित गर्नका लागि पोखरा र गोवाबिच भगिनी सम्बन्ध स्थापित गर्नुपर्ने नेपाली सांसदको प्रस्तावमा पनि मन्त्री रोशन खाउन्टे सहमत भएको बताइएको छ । ‘यो धेरै नै राम्रो कन्सेप्ट हो, यसका लागि म तयार छु, तपाईंहरुको तर्फबाट गर्नुपर्ने कार्य अगाडि बढाउनुस् हामीले हाम्रो तर्फबाट हुने कार्यलाई पनि अगाडि बढाउँछौँ,’ मन्त्री खाउन्टेको भनाई उद्धृत गर्दै सभापति यादवले भने, ‘गोवाका पर्यटन मन्त्रीले भन्नुभयो, आइ एम भेरी ह्यापी, आइ ह्याभ रेडी टु डु ।’

गोवामा १५ लाख जनसङ्ख्या छ तर त्यहाँ वार्षिक ५० लाख पर्यटक पुग्छन् । उनीहरूलाई हिमाल देखाउनका लागि नेपालतिर डोर्‍याई दियो भने त्यसले दुवै देशलाई लाभ हुने विषयमा कुराकानी भएको सभापति यादव प्रेस सालकार गुप्ताले बताए ।

‘हिमाल हेर्न आउने पर्यटकलाई समुन्द्र हेर्न मन छ भने उनीहरूलाई गोवा पठाइदिनुपर्छ, त्यसका लागि पोखरा र गोवाबिच भगिनी सम्बन्ध स्थापित हुनुपर्नेमा दुवै पक्ष सहमत देखिएको छ र अब यसलाई औपचारिकता दिनका लागि समितिबाट प्रक्रिया अगाडि बढाइन्छ’ सभापति यादवले भने ।

भारतीय विदेश मन्त्री एस.जयशंकरसँगको भेटघाटमा पनि दुई देश बिच आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक सम्बन्धलाई कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमा कुराकानी भएको सभापति यादवले भने ।

‘हमारे राम, सीता बिना अधुरा, हमारे धाम, पशुपति बिना अधुरा’ भारतीय विदेश मन्त्री जयशंकरको यो पञ्च लाइनले हामी सबैको मन जितेका छन्’ सभापति यादवले गोवाबाट मुम्बई हिँड्न लागेको बताउँदै रातोपाटीसँग भने, ‘विश्वमै नेपालसँग भारतको विशेष सम्बन्ध रहेको छ र यो कुरा प्रधानमन्त्री नरेन्द्र मोदीले समेत भन्नुभएको एस.जयशंकरले हामीसँगको भेटघाटमा भन्नुभयो ।’

कुनै समय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला हिमालमा साधना गरेका थिए । उक्त प्रसङ्ग प्रधानमन्त्री मोदीले समेत पटक पटक भन्ने गरेको कुरा पनि आफूले जयशंकरबाट सुनेको बताउँदै सभापति यादवले नेपाल–भारतबिचको सम्बन्ध रोटीबेटीको सम्बन्धभन्दा माथि उठ्नुपर्ने धारणा आफूहरूले राखेको बताए ।

भेटघाटमा विदेश मन्त्री जयशंकरले भनेका थिए, ‘जब नेपाललाई पीडा हुन्छ, हामीलाई दुख्छ, दुई देशको बिचमा कस्तो सम्बन्ध रहेको छ भन्ने यसले पुष्टि हुन्छ । त्यहाँ कुनै पीडा हुँदा हाम्रा आफन्तलाई नै भएको जस्तो हामीलाई दुख्छ, यस्तो उद्भूत सम्बन्ध दुई देशको बिचमा रहेको छ ।’

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ५ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ६ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *