• Home
  • ताजा समाचार
  • ब्रेन ड्रेनलाई घटाउने उद्धेश्य सहित १६औँ रोटर्याक्ट राष्ट्रिय सम्मेलन आयोजना हुँदै
Image

ब्रेन ड्रेनलाई घटाउने उद्धेश्य सहित १६औँ रोटर्याक्ट राष्ट्रिय सम्मेलन आयोजना हुँदै

ब्रेन ड्रेनलाई घटाउने उद्धेश्य सहित १६औँ रोटर्याक्ट राष्ट्रिय सम्मेलन आयोजना

रोटर्याक्ट डिस्ट्रिक ३२९२ को १६ औँ राष्ट्रिय सम्मेलन अर्थात् १६ औँ रोटर्याक्ट डिस्ट्रिक कन्फ्रेस यही जनावरी १९ र २० गते काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठान हलमा आयोजना हुने भएको छ। उक्त कार्यक्रममा देश भरका १५०० भन्दा बढी युवाहरूको सहभागिता रहने छ। रोटर्याक्ट डिस्ट्रिक ३२९२ को आयोजनामा हुन लागेको यस कार्यक्रमलाई रोटर्याक्ट क्लब अफ रुद्रमती-बबरमहल-काठमाडौं र रोटर्याक्ट क्लब अफ रुद्रमतीले होस्ट गरेका छन्।

रोटर्याक्ट डिस्ट्रिक ३२९२ मा अहिले नेपाल भरका करिब ८००० युवाहरू सक्रिय सदस्य छन्। देश भरमा १८० वटा रोटर्याक्ट क्लबहरू अहिले सक्रिय रूपमा काम गरिरहेका छन्। वार्षिक रूपमा आयोजना हुने रोटर्याक्ट डिस्ट्रिक कन्फ्रेस, रोटर्याक्ट डिस्ट्रिक ३२९२ ले आयोजना गर्ने सबै भन्दा ठूलो कार्यक्रम हो। यस कार्यक्रममा देश भरका प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति रहने गरेको छ।

यस वर्ष पनि हरेक क्षेत्रबाट अग्रणी व्यक्तिवहरूको आतिथ्यतामा कार्यक्रम आयोजना हुने आयोजकहरूले जानकारी दिनु भयो। यस वर्षको कन्फ्रेसको विषय “Nurturing Brain Gain” रहेको छ। “अग्रगामी सोच भएका, प्रभावशाली व्यक्तित्वहरूलाई एकै ठाउँमा ल्याउने क्षमताको लागि चिनिएको यस सम्मेलनले नेपालमा एउटा महत्वपूर्ण समस्यालाई सम्बोधन गर्न तयारी गरेको छ। दक्ष व्यक्तिहरू विदेश जाने ट्रेन्ड, जसलाई सामान्यतया ‘ब्रेन ड्रेन’ भनिन्छ, त्यसलाई कसरि न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित रहने छ,” रोटर्याक्ट डिस्ट्रिक ३२९२ का कार्यकरी डि.आर.आर. रोशन कार्कीले भन्नु भयो ।

नेपालका आगामी नेतृत्वहरूको दृष्टिकोणलाई प्रभाव पार्न उद्योग विशेषज्ञहरूको नेतृत्वमा रोमाञ्चक कार्यशालाहरू, रोटर्याक्ट क्लबहरूले गरेका ग्राउन्डब्रेकिंग परियोजनाहरू र पहलहरू हाइलाइट पनि सम्मेलनमा प्रस्तुत गरिने छ। यस सँगै रोटर्याक्ट डिस्ट्रिक ३२९२ को आउने वर्षको नेतृत्व चयन पनि यही सम्मेलनबाट गरिने छ।

रोटरी डिस्ट्रिक ३२९२ नेपाल-भुटानका डिस्ट्रक रोटर्याक्ट प्रतिनिधि रोशन कार्कीले सम्मेलनभन्दा बाहिर पनि सकारात्मक प्रभाव पार्ने सक्ने गरि कार्यक्रमको दृष्टिकोण तय गरिएकोमा जोड दिए। ‘” ब्रेन गेन’ मार्फत, हाम्रो लक्ष्य युवाहरूलाई नेतृत्व लिन, रचनात्मक सोच्न र नेपालको भविष्यलाई आकार दिने सम्भावनाहरू सिर्जना गर्न उत्प्रेरित गर्ने हो”, उनले भने।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ५ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ५ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *