• Home
  • प्रदेश नं २
  • बुबाको मृत्यु भएसँगै आमाले छोडेर एक्लो भएका प्रियंका र अनिषा
Image

बुबाको मृत्यु भएसँगै आमाले छोडेर एक्लो भएका प्रियंका र अनिषा

पर्साको धोबिनी गाउँपालिका स्थित लंगडीका दुई जना बेसहारा दिदिबहिनिहरुको पिडादायी अवस्थालाई हेरेर सामाजिक सेवाको क्षेत्रमा चर्चित सानो पाइला संस्थाले उनिहरुको सम्पुर्ण जिम्मेवारी लिने भएको छ।केही दिन पहिला मात्र एउटी सहारा रहेकी हजुर आमा (नानी) समेत को मृत्यु भए पछि बेसहारा भएका उनिहरु को सम्पुर्ण जिम्मेवारी सानो पाइला संस्थाले लिने उक्त संस्थाका संस्थापक एवं पुर्वसंचालक समाजसेवी कन्चन झाले जानकारी गराएका छन ।

बुबाको मृत्यु भएसँगै आमाले छोडेर एक्लो भएका प्रियंका र अनिषा
ठाकुरलाई हजुरआमा कहाँ बस्दै आएका हुन र सानो देखि हेरचाह तथा पालनपोषण गर्दै आएकी हजुरआमाको समेत हालसालै मृत्युपछि उनिहरुको जिवनमा अर्को दुःखको पहाड थपिएको थियो। पर्साको धोबिनी गाउँपालिका लङ्गडीमा बस्ने उनिहरुलाई खान समेत गाह्रो भईरहेको बेला सानो उमेरमै प्रियंका आफ्नो हजुरआमाको क्रियामा बसिरहेकी छन् ।

हजुरआमा को क्रिया को काम सोमबार समाप्त हुनेछ, सोमबार क्रिया समाप्त हुने बित्तिकै वीरगन्ज स्थित सानो पाइलाको सानो घर मा ति दुबै बहिनीहरूलाई ल्याइ ल्वाइ खुवाइ, पढाइ लिखाइ लगायत सम्पुर्ण हेरचाह गरि जिम्मेवारी लिने भएको छ । यस्तै उनिहरु को सहयोगको लागि पहिले देखि आवहान गरिएकोले अब सम्पुर्ण समान, पैसा लगायतको कलेक्सन तुरुन्तै रोक्दिनुहोला सानो पाइलाले अनुरोध गर्दै सहयोग बापत आएको पैसाहरू जहाँबाट पनि आएको छ तिनीहरूलाई फिर्ता गरिदिन अनुरोध समेत गरेको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *