• Home
  • समाचार
  • बुक बिल्डिङमार्फत सर्वोत्तम सिमेन्टले गर्यो आईपीओ निष्कासन
Image

बुक बिल्डिङमार्फत सर्वोत्तम सिमेन्टले गर्यो आईपीओ निष्कासन

काठमाडौं । आजदेखि सर्वोत्तम सिमेन्ट लिमिटेडले योग्य संस्थागत लगानीकर्ताहरूलाई प्राथमिक सेयर (आईपीओ) बुक बिल्डिङमार्फत खुला गरेको छ । बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन भएको यो पहिलो आईपीओ हो ।

कम्पनीले जारी पुँजी चार अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।

पहिलो चरणमा कम्पनीले ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्कासन गरेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ ।

सुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ रहेकोमा परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ कायम गरिएको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रही बोलकबोलमार्फत सेयर बिक्री गर्न मंसिर १० गतेसम्म समय तोकेको छ ।योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्जको कार्यालयमा बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको फाराम बुझाउनु पर्नेछ ।

बोलपत्र पेस गर्ने अन्तिम मितिको भोलिपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरूलाई निष्कासित धितोपत्र पूर्ण रूपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउने बताइएको छ ।

सेयर निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमता मध्यम स्तर रहेको जनाउँदछ ।कम्पनीको वास्तविक वित्तीय विवरण २०७८–०७९ मा ४६ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ । उक्त अवधिसम्म कम्पनीको नेटवर्थमा औषत प्रतिफल ६ रुपैयाँ ७२ पैसा छ ।

Related Posts

वीरगञ्जमा गुडि जोसिले पुनः सञ्चालनमा ल्याइन् ‘फेमिन ब्युटी पार्लर’, नगर प्रमुख सिंहले गरे उद्घाटन

  वीरगञ्ज। वीरगञ्जमा गुडि जोसिले ‘फेमिन ब्युटी पार्लर’ पुनः सञ्चालनमा ल्याएकी छन्। पुनः सञ्चालनमा आएको ब्युटी पार्लरको वीरगञ्ज…

ByByanjana soni १२ घण्टा अगाडि

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न रयान राना मगर थाइल्याण्ड प्रस्थान गर्दै!

  काठमाडौं। नेपाली बाल प्रतिभा रयान राना मगर अन्तर्राष्ट्रिय प्रतियोगिता Heritage Gems Nepal, Thailand मा नेपालको प्रतिनिधित्व गर्न…

ByByanjana soni १५ घण्टा अगाडि

२५औँ पर्सा दिवसमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा सम्मानित

  वीरगञ्ज । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.…

ByByanjana soni १६ घण्टा अगाडि

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण राजविराज । लेनदेनसम्बन्धी…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *