• Home
  • ताजा समाचार
  • बाग्मती प्रदेश : सरकार गठनका लागि पाँच दिनकाे समयसीमा
Image

बाग्मती प्रदेश : सरकार गठनका लागि पाँच दिनकाे समयसीमा

२१ पुस, काठमाडौं

बाग्मती प्रदेशलाई सरकार गठनका लागि पाँच दिनकाे समयसीमा दिइएकाे छ । बाग्मती प्रदेश प्रमुख यादव चन्द्र शर्माले पाँच दिनको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएकाे हाे ।

अहिले बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजीनामा दिएर स्वीकृत भएर पनि प्रदेशकाे काम गरिरहनुभएकाे छ ।  यस प्रदेशमा नयाँ सरकार गठनका दाबी पेस गर्न प्रदेश प्रमुख शर्माले दलहरुलाई आह्वान गर्नुभएकाे प्रदेश प्रमुख कार्यालय हेटौँडाका प्रवक्ता प्रकाश चापागाईँले बताउनुभयो । 

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न पाँच दिनको समय सीमा दिनुभएकाे उहाँले बताउनु भयाे । 

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई बाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न पुस २५ गते सोमवार दिउँसो ४ बजेभित्र दाबी पेस  गर्न प्रदेश प्रमुखबाट आह्वान भएको जारी विज्ञप्तिमा उल्लेख छ । १ सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ  । बाग्मतीमा सातवटा दलको प्रतिनिधित्व रहेको छ ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni २ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *