• Home
  • अर्थ
  • बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ करोड, भौतिक पूर्वाधारलाई जोड
Image

बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ करोड, भौतिक पूर्वाधारलाई जोड

काठमाडौं । असार २ गते
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि ७० अर्ब ९३ करोडको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । जुन चालु आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ । प्रदेश सरकारले चालुतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ५८ प्रतिशत अर्थात ४१ अर्ब ५६ करोड २४ लाख, वित्तिय हस्तान्तरणतर्फ ११।७७ प्रतिशत अर्थात ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तिय व्यवस्थातर्फ २।८१ प्रतिशत अर्थात २ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश सरकारले खर्च व्यहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २६ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तिय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख, प्रदेश सञ्चिति कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ अनुमान गरेको मन्त्री जम्मकट्टेलले बताए ।

विशेष गरी भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षातर्फ जोड दिँदै बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि २४ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी खानेपानी उर्जा तथा सिँचाई मन्त्रालयको लागि ९ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ४ अर्ब ४९ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरको छ ।

सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको लागि ६५ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले संस्कृति तथा पर्यटन मन्त्रालयको लागि १ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । वन तथा वातावरण मन्त्रालयको लागि ३ अर्ब २३ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको मन्त्री जम्मकट्टेलले बताए । सरकारले स्वास्थ्य मन्त्रालयको लागि ४ अर्ब ८९ करोड २३ लाख रुपैयाँ विनियोजन गरेको छ भने सामाजिक विकास मन्त्रालयको लागि ३ अर्ब ७७ करोड ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयको लागि १ अर्ब २२ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको मन्त्री जम्मकट्टेलले बताए ।

प्रदेश सरकारले मकवानपुरको मनहरी र सिन्धुलीको हरिहरपुरगढीमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्न १३ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने, एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउन १८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । प्रदेश सरकारले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ भने एक माध्यामिक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिन २८ करोड रुपैयाँ निनियोजन गरेको छ ।

प्रदेश सरकारले विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ भने लोपोन्मुख, अति सिमान्तक्रित, अल्पसंख्यक तथा अति विपन्न समुदायका बालबालिकाहरुलाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गर्न ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी बागमती प्रदेश सरकारले प्रदेशको राजधानी हेटौंलाई सुविधा सम्पन्न गराउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पुर्वाधारहरु र हेटौंडा चक्रपथ निर्माण गर्न १ अर्ब ५ करोड ८० लाख बजेट विनियोजन गरिएको बताए ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *