Trending

बङ्गलादेशसँगकाे पहिलाे टेस्ट क्रिकेट भारतले १ सय ८८ रनले जित्याे

1.2kViews
0 Shares

काठमाण्डाै पुस ३

बङ्गलादेशसँगकाे पहिलो टेस्ट क्रिकेट भारतले जितेको छ । चट्गाउँमा भएको खेलमा भारतले बङ्गलादेशलाई एक सय ८८ रनले हरायो ।

पाँच सय १३ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेश आज आइतवार पाँचौँ दिनको पहिलो सेसनमै तीन सय २४ रन बनाउँदा अलआउट भयो । उसका लागि जाकिर हसनले १ सय र शाकिब अल हसनले ८४ रन बनाए । बलिङतर्फ भारतका अक्षर पटेलले चार र कुलदीप यादवले तीन विकेट लिए ।

भारत र बङ्गलादेशबीच दुई खेलको टेस्ट शृङ्खला हुन लागेकाे हाे । यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला बङ्गलादेशले जितेको थियो ।

बंगलादेशसँगको पहिलो टेष्ट क्रिकेट भारतले जितेको छ । चट्गाउँमा भएको खेलमा भारतले बंगगलादेशलाई १ सय ८८ रनले हरायो । ५ सय १३ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश आज पाँचौ दिनको पहिलो सेसनमै ३ सय २४ रन बनाउँदा अलआउट भयो । उसका लागि जाकिर हसनले एक सय र शाकिब अल हसनले ८४ रन बनाए । बलिङतर्फ भारतका अक्षर पटेलले ४ र कुलदीप यादवले ३ विकेट लिए । भारत र बंगलादेशबीच २ खेलको टेष्ट शृङख्ला भइरहेको छ । यसअघि भएको तीन खेलको एकदिवसीय शृङख्ला बंगलादेशले जितेको थियो । 

यसअघि भारतले टस जितेर पहिले ब्याटिङ गर्दै पहिलाे इनिङ्समा चार सय चार रन बनायाे । भारतका लागि चेतेश्वर पुजाराले ९०, श्रेयस अय्यरले ८६ र रविचन्द्रन अश्विनले ५८ रन बनाए । बलिङतर्फ बङ्गलादेशका तैजुल इस्लाम र मेहदी हसन मिराजले चार/चार विकेट लिए । 

बङ्गलादेशले पहिलाे इनिङ्समा एक सय ५० रनमात्रै बनाउन सक्याे । बङ्गलादेशका लागि मुश्फिकर रहीमले २८ र मेहदी हसनले २५ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले पाँच र माेहम्मद सिराजले तीन विकेट लिए ।  

दाेस्राे इनिङ्समा शुभमन गिलकाे एक सय १० र चेतेश्वर पुजाराकाे एक सय दुई रनकाे मदतमा दुई सय ५८ रन बनेकाे अवस्थामा भारतले इनिङ्स सकिएकाे घाेषणा गरेकाे थियाे । बलिङतर्फ बङ्गलादेशका खालेद अहमद र मेहदी हसनले एक/एक विकेट लिए । भारतले पाँच सय १२ रनकाे अग्रताका साथ इनिङ्स सकिएकाे घाेषणा गरेपछि बङ्गलादेशले पाँच सय १३ रनकाे लक्ष्य पाएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय