Image

बक्सअफिसमा भिड्दै अक्षय र सनी

मुम्बई, २६ जेठ । अभिनेता अक्षय कुमारले आगामी अगष्ट ११ लाई नयाँ फिल्म ‘ओएमजी २’को रिलिज मिति सार्वजनिक गरेका छन् । यही मितिमा अर्का अभिनेता सनी देवलको फिल्म ‘गदर २’ पनि रिलिज हुँदैछ । दुई ठूला स्टारको फिल्म एकैदिन रिलिज हुने भएपछि बक्सअफिसमा को अब्बल रहला भन्ने चर्चा बलिउडमा सुरु भएको छ ।

अक्षयको फिल्म सन् २०१२ मा रिलिज हिट फिल्म ‘ओएमजी–ओ माइ गड’को सिक्वेल हो । अक्षयले इन्स्टाग्राम स्टोरीमा फिल्मको पोस्टर राखेका छन्, पोस्टरमा उनलाई अघोरी अवतारमा देखाइएको छ । उनले एक हातमा डमरु बोकेर हात उचालेका छन् । पोस्टर निलो रंगमा डिजाइन गरिएको छ । पोस्टर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फिल्म ‘गदर २’ मा सनी देवल, अमिषा पटेल र उत्कर्ष शर्माको अभिनय छ । यो फिल्म सन् २००१ को हिट फिल्म ‘गदर’को सिक्वेल हो । फिल्ममा अनिल शर्माको निर्देशन छ ।

‘ओएमजी २’को निर्देशन अमित रायले गरेका हुन् । फिल्ममा यामी गौतम, आमिर नाइक, फाहिम फाजिल, पंकज त्रिपाठीलगायतको अभिनय छ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ हप्ता अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni ४ हप्ता अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni ४ हप्ता अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *