• Home
  • समाचार
  • फिलिपिन्समा गयो ७.६ म्याग्निच्युडको भूकम्प
Image

फिलिपिन्समा गयो ७.६ म्याग्निच्युडको भूकम्प

काठमाडौ । शनिबार राति फिलिपिन्समा ७.६ रेक्टर स्केटको शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको तटीय क्षेत्रमा राति १० बजेर ३७ मिनेटमा भूकम्प गएको बताइएको छ । यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्प २० माइलको गहिराइमा गएको थियो ।

भूकम्पछि स्थानियले खालि चौर र सडकमा रात बिताएका थिए । भूकम्पपछि त्यहाँ प्यासिफिक सुनामी अउने चेतावनी दिएको छ । केन्द्रले सुरुमा सुनामीका छालहरू दक्षिणी फिलिपिन्स, इन्डोनेसिया, पलाउ र मलेसियाका केही भागहरूमा पुग्ने अपेक्षा गरेको थियो तर, पछि सुनामीको खतरा सुरुमा डराएको जस्तो गम्भीर नभएको घोषणा गरेको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानका प्रमुख टेरेसितो बाकोलकोलले दक्षिणी सुरिगाओ डेल सुर र डाभाओ ओरिएन्टल प्रान्तका तटीय क्षेत्रका बासिन्दाहरूलाई तुरुन्तै उच्च भूमिमा जान वा भित्री भूमिमा जान सल्लाह दिएका छन् । भूकम्पले के कति भौतिक तथा मानवीय क्षति गर्यो सो बारे थप विवरण आउन बाँकी छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *