Trending

प्रेस युनियन खोटाङको अध्यक्षमा पुःन चौंलागाई निर्वाचित

1.8kViews
0 Shares

खोटाङ, ४ असार 
नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा पुःन उत्तम चौंलागाई निर्वाचित भएका छन् ।

सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न सातौं जिल्ला अधिबेसन तथा १० औं साधारणसभाबाट चौंलागाई दोश्रो कार्यकालका लागि युनियनको अध्यक्ष चुनिएका हुन् । चौंलागाई यसअघि २०७५ फागुन २३ गते युनियनको जिल्ला अध्यक्ष चुनिएका थिए । 

जसअनुसार १३ सदस्यीय युनियनको उपाध्यक्षमा चिसाङ शेर्पा र कृष्णकला राई, सचिवमा दिनराज कार्की, सह–सचिवमा योगिन राई र कोषाध्यक्षमा एनिशा राई चयन भएका छन् । सदस्यमा मनोज आचार्य, सुनिल श्रेष्ठ, जीवन राई, मिलन आचार्य, राजकुमार भट्टराई, पुजन राई र कृष्णमायाँ मगर चयन भएका छन् ।

बन्दसत्र उद्घाटनपछि प्रेस युनियनका केन्द्रिय सदस्य गोपाल पोखरेलले केन्द्रिय प्रतिनिधिका हैसियतले कार्य समिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । युुनियनको अधिवेशन प्रेस स्वतन्त्र सेनानी कृष्ण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

युनियनको अधिबेसनको बन्दसत्र उद्घाटनका क्रममा नेपाली कांग्रेस नेतृ डिल्लीकुमारी आचार्य, नेकपा एमालेका अध्यक्ष रामप्रसाद दंगाल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दिपक पाण्डे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराई, केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, प्रमुख जिल्ला अधिकारी सुुर्यप्रसाद सेढाई, अग्रज पत्रकार भिम राई, पत्रकार महासंघका पूर्व अध्यक्ष दमन राई लगायतले शुुभकामना मन्तव्य दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय