• Home
  • ताजा समाचार
  • प्रेस मंच नेपाल पर्साले वीरगञ्जका मेयरलाई गर्यो सम्मान ।

प्रेस मंच नेपाल पर्साले वीरगञ्जका मेयरलाई गर्यो सम्मान ।


वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई प्रेस मंच नेपालले सम्मान गरेको छ ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका मेयर सिंहलाई पार्टीकै सुभेच्छुक संस्थाको रुपमा रहेको प्रेस मंच पर्साले शुक्रबार उनकै कार्यकक्षमा पुगेर सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा मंचका केन्द्रीय उपाध्यक्ष बिरेन्द्र साहले चुनावको बेला जनतामाझ गरिएका वाचा पूरा गर्नेगरी काम गर्न सुझाब सन्देश दिए ।

वीरगञ्जको विकास र समृद्धि हुन्छ भनेरै आम जनताले मतदान गरेर विजयी गराएको भन्दै जनताको विश्वास र भरोसा टुट्न नदिन पनि उनले आग्रह समेत गरे ।

मेयर सिंहले आम नागरिकले लिएको विश्वास टुट्न नदिन सक्रिय भएर काम गरिरहेको भन्दै पर्सेली पत्रकारीता र यसको उन्नयनमा महानगरको सँधै साथ रहने विश्वास पनि दिलाए ।

कार्यक्रममा प्रेस मंचका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसैबीच प्रेस मंचको कार्यालय पनि संचालनमा आएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित साइबाबा मन्दिर नजिकै कार्यालय संचालनमा ल्याइएको मंचका केन्द्रीय उपाध्यक्ष साहले जानकारी दिए ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ६ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ७ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *