• Home
  • Uncategorized
  • प्रहरी समायोजनामा संघीय सरकारले कुनै चासो नदेखाएको भन्दै मधेश प्रदेश सरकारले आन्दोलन गर्ने चेतावनी
Image

प्रहरी समायोजनामा संघीय सरकारले कुनै चासो नदेखाएको भन्दै मधेश प्रदेश सरकारले आन्दोलन गर्ने चेतावनी

जनकपुरधाम, १८ साउन 

प्रहरी समायोजनामा संघीय सरकारले कुनै चासो नदेखाएको भन्दै मधेश प्रदेश सरकारले आन्दोलन गर्ने चेतावनी दिएको छ । 

बुधवार बिहान प्रदेशका गृह तथा सञ्चारकर्मी  भरतप्रसाद साहले पत्रकार सम्मेलन गरेर संघीय सरकारको विभेदपूर्ण रवैयाविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

दुई प्रहरी प्रदेश सरकारले प्रदेश प्रहरी ऐन बनाए पनि संघीय सरकारले लापरबाही र उदासिनताको कारण कार्यान्वयमा आउन नसकेको मन्त्री साहले बताए । संघीय प्रदेश ऐन, प्रहरी समायोजन  ऐन  पास भएको लामो समय भइसकेको छ,’ मन्त्री साहले भने, ‘संघीय सरकार संविधानविपरीत सुरक्षाकर्मी आफ्नै मातहत राखिरहेका छन् । संविधानमा प्रदेशको शान्ति सुरक्षा प्रदेश सरकारको एकल सूचीमा रहेको छ । तर, पनि संघीयताविरोधी षडयन्त्रको कारण संघीय सरकार प्रहरी समायोजन गर्न चासो देखाइरहेका छैनन् ।’

२२ साउनमा प्रदेश सरकार र प्रदेशमा रहेका सम्पूर्ण दलहरूले संयुक्त संघीय सरकारका प्रतिनिधि प्रदेश प्रमुखमार्फत प्रधानमन्त्रीलाई सात दिनको अल्टिमेटम दिएर ज्ञापनपत्र बुझाउने उनले जानकारी दिए । त्यसले पनि सुनवाइ नभएर शान्तिपुर्ण आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेर आन्दोलनमा जाने उनको चेतावनी छ । 

आफुहरूको आन्दोलनमा अन्य प्रदेशहरूका पनि सहयोग र समर्थन रहने मन्त्री साहले बताए । एक प्रश्नमा मन्त्री साहले भने,‘ संघीयताको जन्ननी मधेश प्रदेश हो । त्यसकारण पूर्ण संघीयता कार्यान्वय गर्न प्रदेशका सबै राजनीतिक दल र जनता एक जुट रहेका छन् । अब हुने आन्दोलनमा जनताको पनि समर्थन रहनेछ ।’ 
 

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ८ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ८ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *