• Home
  • ताजा समाचार
  • प्रमुख आयुक्त थपलिया र जापानी परराष्ट्र राज्यमन्त्रीबीच भेटवार्ता
Image

प्रमुख आयुक्त थपलिया र जापानी परराष्ट्र राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं, ५ मंसिर  

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र जापानी परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेबीच भेटवार्ता भएको छ । आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका राज्यान्त्री शुनसुके र प्रमुख निर्वाचन आयुक्तबीच सोमबार भेटवार्ता भएको हो । 

भेटवार्ताका क्रममा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा समेत छलफल भएको आयोगले जनाएको छ। राज्यमन्त्री ताकेइले आमनिर्वाचन २०७९ को निर्वाचन प्रक्रियाको प्रशंसा गरेका छन् ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरे । भेटवार्तामा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासमेतको उपस्थिति थियो ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ५ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *