• Home
  • अर्थ
  • प्रभु बैंक लिमिटेडले ६ लाख १ हजार २३४ कित्ता संस्थापक शेयर बिक्रीमा
Image

प्रभु बैंक लिमिटेडले ६ लाख १ हजार २३४ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौ,  १०  असार । प्रभु बैंक लिमिटेडले ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ४ संस्थापक शेयरधनीहरुका नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक शेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५० हजार कित्ता, राकेशकुमार सरावगीको २ लाख १५ हजार ८५३ कित्ता, ग्लोबल आइएमई समुन्नत योजना–१को १ लाख २८ हजार ३८१ कित्ता र सविता दली जोशीको ७ हजार कित्ता गरी कुल ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयरमा हाललाइ विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ । इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ ।

उक्त शेयर खरिदको लागि तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ६ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni १० महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *