• Home
  • प्रदेश नं १
  • प्रदेश समानुपातिकमा एमाले पहिलो, जसपाभन्दा राप्रपालाई बढी मत
Image

प्रदेश समानुपातिकमा एमाले पहिलो, जसपाभन्दा राप्रपालाई बढी मत

काठमाडौं, १२ मंसिर

खोटाङमा प्रदेशसभा समानुपातिकतर्फ पनि एमालेले सबैभन्दा बढी मत पाएको छ । प्रतिनिधिसभा समानुपातिकमा अन्य दलभन्दा बढी मत पाएको एमालेले प्रदेशसभातर्फ पनि पहिलो मत पाएको हो ।

जिल्लाबाट समानुपातिक मत पाउने ३६ दलमध्ये एमालेले २४ हजार एक सय ५२ मत, कांग्रेसले १५ हजार ६ सय ८३ मत, माओवादी केन्द्रले १२ हजार नाै सय ९२ मत, एकीकृत समाजवादीले तीन हजार आठ सय ७८ मत, राप्रपाले दुई हजार ६ सय ४९ मत र जसपाले दुई हजार चार सय ८५ मत पाएको छ । समानुपातिक मतमा राप्रपाले जसपालाई उछिनेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक सय ६, जनमत पार्टीले ७५, मौलिक जरोकिलो पार्टीले चार, हाम्रो नेपाली पार्टीले ८५, नेपाल कम्यूनिष्ट पार्टी माओवादी समाजवादीले चार, नागरिक उन्मुक्ती पार्टीले सात, नेपालका लागि नेपाली पार्टीले १३, किरात खम्बूवान साझा पार्टीले २६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १८ ल्याएका छन् । 

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चार, नेकपा मार्कसवादी लेनिनवादीको तीन सय ५१, मंगोल नेसनल अर्गनाइजेसनको एक सय ५१, नेपाल मजदुर किसान पार्टीको ४०, नेश्नलिष्ट पिपुल्स पार्टीको चार, खम्बूवान राष्ट्रिय मोर्चा नेपालको एक सय ४३, नेपाल लोकतान्त्रिक पार्टीको १२, राष्ट्रिय जनमुक्ती पार्टीको चार, नेपाली कांग्रेस (बिपी)को ३४, नेपाल जनता पार्टीको चार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)को ७० मत आएको छ । 

नेपाल कम्यूनिष्ट पार्टीले १०, बहुजन शक्ति पार्टीले तीन, विवेकशील साझा पार्टीले एक सय ५९, जनजागरण पार्टी नेपालले २०, सामाजिक एकता पार्टी/नेपाल कम्यूनिष्ट पार्टी समाजवादी/नेपाल दलित पार्टीले २९, आमुल परिवर्तन मसिहा पार्टी नेपालले दुई सय पाँच, नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टीले ४३, नेपाल जनता दलले ६० र जनता समाजवादी पार्टी नेपालले ३० मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


Related Posts

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ४ हप्ता अगाडि

विराटनगर मोरङ ग्रामथान गाउँपालिका २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा श्री देवी माध्यमिक विद्यालय, तेतरिया प्रथम हुन सफल भएको छ।

  मोरङ्गकाे ग्रामथान गाउँपालिका–२ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा…

ByBySulav Rijal ४ हप्ता अगाडि

सशस्त्र प्रहरी जवानले किशोरी भगाएको आरोपमा पक्राउ घटनाबारे थप अनुसन्धान भइरहेको छ!

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ शिशुवाकी एक १५ वर्षीया किशोरीलाई प्रेम सम्बन्धको बहानामा भगाएको आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ…

ByBySulav Rijal ४ हप्ता अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *