Trending

प्रदेशसभा सदस्यमा एमालेको बारामा तेस्रो जित, चौधरी पुनः निर्वाचित

935Views
0 Shares

काठमाडौं, ९ मंसिर

बारा १ (क) को प्रदेशसभा सदस्यमा त्रिलोकी चौधरी पुनः निर्वाचित भएका छन् । उनी दुई हजार पाँच सय २८ मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।

चौधरीले १६ हजार सात सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार रमेश दंगालले १४ हजार दुई सय ७० मत प्राप्त गरेका छन् । चौधरी  २०७४ को निर्वाचनमा पनि निर्वाचित भएका थिए ।

चौधरीको जितसँगै एमालेले बारामा उम्मेदवारी दिएको चार प्रदेशसभामध्ये तीनमा जित हात पारेको छ । यसअघि बारा ४(क) मा देवनारायण चौधरी, ३ ( क) मा रवीन्द्रदास श्रेष्ठ निर्वाचित भइसकेका छन् ।

बारा २ (क) मा भने एमाले उम्मेदवार बलवीर चौधरी पराजित भएका छन् । उनले उम्मेदवारी दिएको क्षेत्रमा स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय