प्रदेशको नाम अंकमा लेखेपछि पर्यटन मन्त्रालयको छलफल संसदकाे कार्यसूचीबाट हटाइयो

145Views
0 Shares

काठमाडौं, ३ असार । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८० का विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल भइरहेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल कार्यसूची थियो । तर, कोशी प्रदेश उल्लेख नगरेर प्रदेश १ लेखिएको भन्दै एमालेले आपत्ति जनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइएको छ । 

एमालेका सचेतक महेश बर्ताैलाले प्रदेशसभाबाट भारी बहुमतले राखेको नाम उल्लेख नगरेर अंकमा लेखिएकाले उक्त मन्त्रालयगतको शीर्षकमाथि छलफल हुन नसक्ने भन्दै सदनको ध्यानाकर्षण गराए । नसच्याएसम्म छलफल हुनै नसक्ने उनले बताएपछि सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको जानकारी दिए ।

त्यसपछि यसबारे जवाफ दिन उनले पर्यटनमन्त्री सुदन किराँतीलाई समय दिए । त्यसपछि मन्त्री किराँतीले पुस्तकको पेज नम्बर ११ देखि १८ सम्म प्रदेशको नामको सट्टा अंक उल्लेख भएकाले सच्याएर ल्याउने जानकारी गराए ।

यसपछि सभामुख घिमिरेले अंकको स्थानमा नाम मानेर मन्त्रालयगत छलफल अघि बढाउन आग्रह गरे । तर, एमालेले नमानेपछि सभामुख घिमिरेले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको छलफललाई कार्यसूचीबाट हटाए ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 28°C
Wind: 5km/h E
Humidity: 74%
Pressure: 1009.48mbar
UV index: 0
7 am8 am9 am10 am11 am
28°C
31°C
33°C
34°C
35°C
WedThuFriSatSun
40°C / 25°C
41°C / 26°C
43°C / 27°C
43°C / 28°C
42°C / 27°C

प्रिय न्युज

Uncategorized

४ दिन अगाडि

लोकप्रिय