Image

प्रत्यक्षबाट ७ महिला निर्वाचित, २ स्थानमा अग्रता

९ मंसिर, काठमाडौं 

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको १६५ सिटका लागि भएको निर्वाचनबाट अहिलेसम्म ७ जनामात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । परिणाम आउन बाँकी क्षेत्रमा २ जना महिला उम्मेदवार अग्रस्थानमा छन् ।

४२ सिट जितेको नेपाली कांग्रेसबाट प्रत्यक्षमा एक जना पनि निर्वाचित भएका छैनन् र एक जनाले पनि अग्रता लिएका छैनन् ।३१ सिट जितेको एमालेबाट ३ जना महिला निर्वाचित भएका छन् । धनुषा–३ बाट जुलीकुमारी महतो, बारा–३ बाट ज्वालाकुमारी साह र कास्की–२ बाट विद्या भट्टराई निर्वाचित भएका छन् । मतगणना भइरहेको क्षेत्रमध्ये सुनसरी–३ बाट भगवती चौधरीले अग्रता लिएकी छन् ।१२ सिट जितेको माओवादी केन्द्रबाट दाङ–२ बाट निर्वाचित रेखा शर्मामात्रै महिला हुन् । मतगणना चलिरहेको ६ सिटमा अग्रता लिएका लिएको माओवादीको बाँकी सिटमा महिला उम्मेदवार छैनन् । १० सिट जितेको एकीकृत समाजवादीमा सबै पुरुष निर्वाचित भए ।

८ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीमा काठमाडौं–२ बाट सोविता गौतम र ललितपुर–३ बाट तोसिमा कार्की गरी दुई महिला निर्वाचित भए । मतगणना भइरहेको क्षेत्रमा सुनसरी–१ का रास्वपाकी गोमा तामाङले अग्रता लिएकी छन् ।

राप्रपाका निर्वाचित ५ जना र अग्रता लिएका २ गरी ७ वटै क्षेत्रमा पुरुष उम्मेदवार छन् ।

जनता समाजवादी पार्टीले जितेको ३ र अग्रता लिएको ३ स्थानमा सबै पुरुष छन् । लोकतान्त्रिक समाजवादी पार्टीले जितेको ३ स्थानमा पनि पुरुष उम्मेदवार निर्वाचित भए । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित २ जना र अग्रता लिएका एक जना ३ जनामा कैलाली–१ बाट रञ्जिता श्रेष्ठ निर्वाचित भइन् ।

राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टीले १–१ सिट जितेकामा पुरुषमात्रै छन् । स्वतन्त्र उम्मेदवार निर्वाचित भएका ५ जनामा सबै पुरुष छन् ।

विवादका कारण दोलखा र स्याङ्जा–२ र बाजुरामा मतगणना हुन सकेको छैन ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ५ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *