• Home
  • राजनीति
  • प्रतिनिधिसभा बैठकः सांसदहरुले उठाएको प्रश्नको जवाफ मन्त्रीहरुले दिने
Image

प्रतिनिधिसभा बैठकः सांसदहरुले उठाएको प्रश्नको जवाफ मन्त्रीहरुले दिने

काठमाडौं, ११ असार । आज प्रतिनिधिसभा बैठक बस्दैँछ । 

संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेवाट सुरु हुनेछ । 

आजको बैठकमा  विनियोजन विधेयक २०८० माथी उठेका प्रश्नको जवाफ सबन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ । जसअनुसार आजको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत प्रतिनिधि सभा सदस्यहरूले मन्त्रालयगत छलफलमा उठाएका प्रश्नहरूको गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकूद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले जवाफ दिएका थिए ।

Related Posts

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका…

ByByanjana soni ४ महिना अगाडि

काठमाडौं क्षेत्र नं. ४ मा केम्स सिंहको जितको संकेत बलियो

  काठमाडौं, नेपाल – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार केम्स सिंहको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै…

ByByYOUTV Nepal ५ महिना अगाडि

पुराना दल कमजोर देखिँदा बारा ३ मा नयाँ शक्तिको उभार

बारा – बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच…

ByByBirgunj ५ महिना अगाडि

पर्सा क्षेत्र १ मा चुनावी दौड रोमाञ्चक : जनमतका ओमप्रकाश सर्राफ अग्रस्थानमा, अन्य पछ्याउँदै, काँग्रेस चुनावी दौड बाहिर

वीरगंज  – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १…

ByByBirgunj ५ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *