• Home
  • ताजा समाचार
  • प्रचण्ड हराएका राजन केसीलाई राप्रपाका उम्मेदवार चुनौती
Image

प्रचण्ड हराएका राजन केसीलाई राप्रपाका उम्मेदवार चुनौती

काठमाडौं, ३० कात्तिक

 सत्तारुढ गठबन्धनले काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसका राजेन्द्रकुमार केसी (राजन केसी)लाई उम्मेदवार बनाएको छ । केसीले २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेका थिए । 

अहिले उनै प्रचण्डसहितको उनको पार्टी माओवादी केन्द्रको समर्थनमा चुनावी मैदानमा छन्, राजेन्द्रकुमार केसी । तर, उनलाई चुनौती दिनेगरी कांग्रेस परित्याग गरी राप्रपा गएका बलराम थापाले उम्मेदवारी दिएका छन् । 

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार हितमान शाक्यलाई पराजित गरेका केसी यसपटक राप्रपाका थापा,  एमालेका हिमेश केसीसहितको उम्मेदवारसँग प्रतिस्पर्धामा छन् । 

दक्षिणकालीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बलराम थापाले एमसीसी पास गर्न भूमिका खेलेकाले कांग्रेस परित्याग गरी राप्रपाबाट उम्मेदवार बनेको बताए । 

यसअघि निर्वाचनमा जिताउन भोट माग्दै हिँडेका थापाले यसपटक उनै केसीविरुद्ध चुनावी प्रतिस्पर्धामा छन् । 

चुनावी सभामा राप्रपा वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं १ का उम्मेदवार रवीन्द्र मिश्र, जिल्ला अध्यक्ष नवराज सिंखडालगायत राप्रपाका नेता सहभागी थिए ।  
 

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *