• Home
  • ताजा समाचार
  • फिल्मका लेखक विकास सुवेदीको साथमा चितवन पुगेका प्रदीपले यो फिल्मले भोलीको कल्पना गरेको बताए ।’प्रकाश’
Image

फिल्मका लेखक विकास सुवेदीको साथमा चितवन पुगेका प्रदीपले यो फिल्मले भोलीको कल्पना गरेको बताए ।’प्रकाश’

भदौ १० गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रकाश’को प्रचारमा नायक प्रदीप खड्का दौडिरहेका छन् । शुक्रबार चितवन पुगेका प्रदीपले स्थानीय संचारकर्मीहरुसँग कुरा गर्दै यो फिल्मलाई व्यवसायिक फिल्म होइन भन्न नमिल्ने बताएका छन् । प्रदीपले जुम्लामा खिचिएको भन्दैमा फिल्मले व्यवसायिक पाटोहरुलाई समातेको हुँदैन भनेर वुझ्न नमिल्ने पनि बताए ।

फिल्मका लेखक विकास सुवेदीको साथमा चितवन पुगेका प्रदीपले यो फिल्मले भोलीको कल्पना गरेको बताए ।

उनले, फिल्मको वान लाइन कथा सुन्ने वित्तिकै आफूले काम गर्छु भनेको पनि बताए ।

उनले भने–‘द्धन्द्धका कारण आजको अवस्था छ । तर, द्धन्द्धपछि पनि नागरिकको अवस्थामा परिवर्तन आएको छैन । यसले, अर्को विद्रोह जन्माउन सक्छ भन्ने कथा फिल्ममा छ । यो कुरा सुन्ने वित्तिकै मलाई काम गर्न मन लाग्यो । भोलीको कुरा आजै देखाउने फिल्ममा काम गर्न हरेक कलाकारलाई मन लाग्छ ।’

लेखक विकास सुवेदीले यो फिल्म जुम्लाको मात्र नभएर देशभरका यूवाहरुको साझा समस्यामा बनेको बताए ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदीपका अलवा दीया मास्के, रेनु योगी लगायतका कलाकारको अभिनय छ । फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

Related Posts

वीरगञ्जमा गुडि जोसिले पुनः सञ्चालनमा ल्याइन् ‘फेमिन ब्युटी पार्लर’, नगर प्रमुख सिंहले गरे उद्घाटन

  वीरगञ्ज। वीरगञ्जमा गुडि जोसिले ‘फेमिन ब्युटी पार्लर’ पुनः सञ्चालनमा ल्याएकी छन्। पुनः सञ्चालनमा आएको ब्युटी पार्लरको वीरगञ्ज…

ByByanjana soni ४ दिन अगाडि

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न रयान राना मगर थाइल्याण्ड प्रस्थान गर्दै!

  काठमाडौं। नेपाली बाल प्रतिभा रयान राना मगर अन्तर्राष्ट्रिय प्रतियोगिता Heritage Gems Nepal, Thailand मा नेपालको प्रतिनिधित्व गर्न…

ByByanjana soni ४ दिन अगाडि

२५औँ पर्सा दिवसमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा सम्मानित

  वीरगञ्ज । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.…

ByByanjana soni ४ दिन अगाडि

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण राजविराज । लेनदेनसम्बन्धी…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *