• Home
  • समाचार
  • प्याब्सन टी–१० क्रिकेट प्रतियोगिता सम्पन्न, ब्लु हेभन र लिटल फ्लावर एकेडेमी बने च्याम्पियन
Image

प्याब्सन टी–१० क्रिकेट प्रतियोगिता सम्पन्न, ब्लु हेभन र लिटल फ्लावर एकेडेमी बने च्याम्पियन

वीरगंज – निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगंजको आयोजनामा सञ्चालन भएको दोस्रो संस्करणको प्याब्सन टी–१० बोयज तथा गल्र्स क्रिकेट प्रतियोगिता मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको विकाससँगै विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

वीरगंजको आदर्शनगर रंगशालामा सम्पन्न जुनियर बोयजतर्फको फाइनल खेलमा पर्साको ग्रामीण क्षेत्रस्थित ब्लु हेभन एकेडेमी ले वीरगंजको साउथ जोन स्कुल लाई पराजित गर्दै उपाधि हात पारेको हो। यससँगै पुरुष वर्गमा पहिलोपटक ग्रामीण भेगको विद्यालयले प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास बनाएको प्याब्सन वीरगंजले जनाएको छ।

यस्तै, गल्र्सतर्फको फाइनल खेलमा लिटल फ्लावर एकेडेमी ले नेशनल एकेडेमी लाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ। पराजित नेशनल एकेडेमी उपविजेतामा सीमित रहँदा, तेस्रो स्थान साउथ जोन स्कुल र चौथो स्थान एसआर ग्यालेक्सी स्कुल ले प्राप्त गरेका छन्। पुरुष वर्गतर्फ तेस्रो स्थान मनकामना स्कुल र चौथो स्थान लिटल फ्लावर एकेडेमी ले हासिल गरेका छन्।

विजेता तथा उपविजेता विद्यालयहरूलाई वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछाने ले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए। सो अवसरमा बोल्दै उनले शिक्षासँगै खेलकुद पनि विद्यार्थीको सर्वाङ्गीण विकासको आधार भएको उल्लेख गर्दै आगामी दिनमा महानगरपालिकाले खेलकुद प्रवर्द्धनका लागि थप पहल गर्ने बताए।

प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, मानव सेवा आश्रम वीरगंजका दिवेश गुप्ता, प्याब्सन मधेस प्रदेश सल्लाहकार मनि पाख्रिङ, लालबाबु पटेल, वरिष्ठ उपाध्यक्ष सुशिला शाह, सचिव अशोक संग्रौला, सह–कोषाध्यक्ष सुदिल प्रसाद पटेल, हिसान जिल्ला उपाध्यक्ष आलोक चौरसिया, नगर कोषाध्यक्ष सुरज बाबु पटेल, सदस्य विजय बललसहित विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा नगर उपाध्यक्ष शर्मानन्द कुशवाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण नगर सचिव अमित आलोकले गरेका थिए।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *